ओली-प्रचण्ड छलफल सकियो, स्थायी कमिटी बैठकका एजेण्डा तय | Khabarhub Khabarhub

ओली-प्रचण्ड छलफल सकियो, स्थायी कमिटी बैठकका एजेण्डा तय


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो करिव २ घण्टा भएको छलफलमा शुक्रबारलाई बोलाइएको स्थायी कमिटी बैठकको एजेण्डा तय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । तर एजेण्डा के के तय भए भन्ने अझै खुलाइएको छैन ।

सापकोटाका अनुसार तय भएका एजेण्डा स्थायी कमिटी सदस्यहरूलाई पठाइनेछ । तिनै एजेण्डामा तयारी गरेर स्थायी कमिटी सदस्यहरू बैठकमा सहभागी हुनेछन् ।

गत साउन १३ देखि अनिश्चित बनेको स्थायी कमिटी बैठक भदौ २६ मा बोलाइएको छ ।  नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा पनि अध्यक्षद्वयबीच छलफल भएको छ।

नेकपामा मन्त्रिपरिषद, प्रदेश सरकार फेरबदल गर्ने विषयमा पछिल्लो समय पुनः विवाद देखिएको छ । कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न नेताहरु नै आनाकानी गरिरहेको छ । त्यसैले पनि विवाद उत्पन्न भएका हुन् ।

दुई वर्ष मन्त्री भइसकेकाहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा व्यापक छलफल भएपनि निचोड भने निस्किएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमै कोही मन्त्री नहट्ने भन्दै ढुक्कले काम गर्न भनेका थिए ।

नेकपाका एकथरी नेताले कार्यदलले बुझाएको प्रतिवेदन अनुसार सम्पूर्ण समस्या हल हुने दाबी गर्दा माधवकुमार नेपाल पक्षधर नेताहरुले भने कार्यदलको प्रतिवेदन अस्पष्ट र अधूरो रहेको दाबी गर्दै आएका छन् ।

नेतृत्वको कार्यशैली र सरकार सञ्चालनमा असहमती जनाउँदै बहुसंख्यक स्थायी कमिटी सदस्यले ओलीको राजीनामा मागेपछि साउन १३ गतेदेखि बैठक भाँडिएको थियो ।

विवाद उत्कर्षमा पुगेपछि महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्दै विवाद हल गर्ने प्रयास भएको थियो । उक्त कार्यदलले भदौ ६ मा बुझाएको प्रतिवेदनले ओलीलाई महाधिवेशनसम्म दुबै पदमा र दाहाललाई पूर्ण कार्यकारी अधिकारसहितको जिम्मेवारी दिन सुझाव दिएपछि तत्काललाई विवाद हल हुने ठानिएको छ ।

कार्यदलले सुझाव प्रतिवेदन पेश गरेपछि नेकपाको सचिवालय बैठकमासमेत बसिसकेको छ। १८ भदौको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय गरिसकेको छ।

 

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  २ : ४० बजे

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क