कमलादी सुनचाँदी प्रकरण : न्यूरोडका दुई सुन ब्यापारी पक्राउ « Khabarhub

कमलादी सुनचाँदी प्रकरण : न्यूरोडका दुई सुन ब्यापारी पक्राउ


२४ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कमलादीमा भेटिएको भनिएको साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका लागि प्रहरीले थप दुई सुन व्यापारीलाई पक्राउ गरेको छ।

प्रहरीले भदौ १५ गते न्यूरोडका लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय र अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारलाई अनुसन्धानका लागि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

तस्करहरूले आधा किलो सुन लक्की ज्वेलर्सका श्रीनिवास उपाध्यायसँग किनेको प्रहरीको दाबी छ । उपाध्यायले भने अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारसँग किनेकाले अनुसन्धानका लागि पक्राउ गरिएको ज्ञवालीले जानकारी दिए । बैँकबाट खरिद गरिएको सुनको ढिक्का गहना नै नबनाइ विक्री गर्न नपाइनेमा उनीहरूले सुनको ढिक्कै बेचेकाले  नियन्त्रणमा लिइएको उनले बताए ।

उनीहरूसहित ११ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । अबको एक साताजतिमा  अनुसन्धान सकेर मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । संगठित अपराधमा अनुसन्धानका लागि ६० दिनसम्मको समय पाइने भएकाले सोही अनुरूपको अनुसन्धान गरेर दर्बिलो प्रमणसहित उनीहरूलाई मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी हिरासतमा इल्ताफ हुसेन अन्सारी, निलेश शाखिया, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल, प्रहरी जवान प्रसन्न श्रेष्ठ र उनका घरबेटी उमेश श्रेष्ठ, प्रहरी जवान बहादुरसिंह कडायत र कालिगढ मनिष छन्।

गत साउन १३ गते प्रहरीले कमलादीमा गाडी चेकजाँच गर्दै गर्दा तस्करहरू सुनचाँदी नै फालेर बा ६ च ५५१९ नम्बरको स्कार्पीयोमा भागेका थिए ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ३ : १४ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला