इराक र अफगानिस्तानबाट थप अमेरिकी सैनिक फिर्ताको तयारी | Khabarhub Khabarhub

इराक र अफगानिस्तानबाट थप अमेरिकी सैनिक फिर्ताको तयारी


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक थप कटौती गर्ने तयारी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले इराकका बारेमा बुधबार र अफगानिस्तानका बारेमा केही दिनभित्रै सैनिक कटौतीको घोषणा गर्ने ह्वाइट हाउसका उच्च अधिकारीहरूले जनाएका छन् ।

इराकी प्रधानमन्त्री मुस्तफा अल–काधेमीसँग गत अगस्टमा भएको भेटवार्तामा पनि राष्ट्रपति ट्रम्पले इराकबाट अमेरिकी सैनिक फिर्ता हुने बताएका थिए । तर, सैनिक फिर्ताको मिति भने घोषणा भएको थिएन ।

पछिल्लो समय इराकभित्र अमेरिकी सैनिकमाथि लक्षित गरी इरान समर्थित लडाकूहरुले आक्रमण तीब्र बनाएका छन् । इराकमा तैनाथ करिब ५ हजार अमेरिकी सैनिकलाई हटाउनु पर्छ भन्ने इराकी जनमत पनि बढ्दो छ ।

इराकबाट सन् २०११ मा अमेरिकी सैनिक फिर्ता भए पनि अमेरिकी राजदूतावासको सुरक्षार्थ भन्दै केही सैनिक रहेका थिए । तर, केही वर्षपछि इस्लामिक स्टेटविरुद्धको युद्धमा इराकी फौजलाई मद्दत गर्न भन्दै थप अमेरिकी सेना इराक पठाइएको थियो ।

अफगानिस्तानमा हाल आठ हजार ६०० अमेरिकी सैनिक तैनाथ छन् । अफगानिस्तानमा युद्धरत तालिबान समूह र अमेरिकी सरकारबीच गत फेब्रुअरीमा भएको सम्झौता बमोजिम करिब पाँच हजार अमेरिकी सैनिक कटौती गरिएको थियो ।

अमेरिकी रक्षा मन्त्रालयले गत अगस्टमा अन्तर–अफगान शान्ति वार्तामा प्रगति भएमा अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या पाँच हजारभन्दा कम गरिने जनाएको थियो ।

एक्सिओसलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचन अगाडि नै सैनिक संख्या कटौती गरी ४ हजारदेखि ५ हजारमा सीमित गरिने बताएका थिए ।

अमेरिका–तालिबान सम्झौता बमोजिम अफगानिस्तानबाट आगामी सन् २०२१ भित्र सबै विदेशी फौज फिर्ता हुनु पर्नेछ । त्यसका निम्ति तालिबान समूहले सुरक्षा प्रत्याभूति दिनु पर्नेछ ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले अन्त्यहीन युद्धमा सहभागी हुन नसक्ने भन्दै विश्वका युद्धग्रस्त मुलुकबाट आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ४ : २४ बजे

बञ्चरेडाँडाका स्थानीयले भने- सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न दिदैनौँ

काठमाडौं– बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले यसअघि भएको सहमति कार्यान्वयन

९० प्रतिशत केन्द्रीय सदस्यले एकताको पक्षमा धारणा राख्नुभएको छ, हामी रोकिँदैनौँ : राजेन्द्र राई

काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री

‘मैले भ्रष्टाचार गरेको थिइनँ, केपी ओलीको आदेशमा मुद्दा चलाइयो’

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध तत्कालीन

छोरी पेटोङटार्नको राजीनामापछि थाक्सिनको फेउ थाई पार्टीमा नयाँ नेतृत्व चयन

बैंकक- थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको सत्तारूढ फेउ