कांग्रेस महाधिवेशन समयमै हुनुपर्छ : वरिष्ठ नेता पौडेल « Khabarhub

कांग्रेस महाधिवेशन समयमै हुनुपर्छ : वरिष्ठ नेता पौडेल


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाका कारण महाविधेशन प्रभावित भए पनि समयमै आगामी महाविधेशन सम्पन्न हुनुपर्ने बताएका छन् ।

बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेसले गरेको भर्चुअल कार्यक्रममा नेता पौडेलले अघिल्लो महाविधेशन सम्पन्न भएपछि समयवद्ध रुपमा काम नगरेका कारण अहिले समस्या आएको बताए ।

गत महाधिवेशनपछि क्रियाशिल सदस्यता वितरण, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन समयमै सम्पन्न गरेको भए अहिले तोकिएको मितिमै महाविधेशन हुने दाबी गरे ।

उनले भने,‘१४औं महाविधेशनको संघारमा छ तर, कोरोनाका कारण महाविधेशनको कार्यतालिकासमेत प्रभावित भएको छ । ४ वर्षअघि नै सुनौलो भविष्यका लागि समयवद्ध काम गर्न सकेको भए अहिले रुवाबासी हुने थिएन ।’

क्रियाशिल सदस्यता वितरण प्रभावित बनेको तथा जिल्लाहरुमा समायोजन हुन नसकेको बताउँदै पौडेलले भने, ‘पार्टीभित्रको यो संकट कांग्रेस नेतृवकै कारणले सिर्जना भयो ।’

अहिलेको महामारीले कार्यतालिका प्रभावित भए पनि अझै महाविधेशन समयभित्रै सम्पन्न गर्न सिकिने तर, त्यसका लागि सबै एकजुट हुनपर्ने उनले बताए ।

‘महाधिवेशन जसरी पनि सम्पन्न गर्न सकिन्छ, समयमै गर्नका लागि सबको ध्यान जानुपर्छ,’ उनले भने,’ स्थानीय तहको चुनाव आउनेवाला छ, त्यसको तयारी कांग्रेसले कसरी गर्नेवाला छ ? म अहिले पनि एकतावादी हो, न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनका आधारमा एकता गरौं ।’

पार्टीमा सर्वसम्मत रुपमा नेतृत्व चयन हुनुपर्ने मागका विषयमा आफू सकारात्मक रहेको पौडेलले बताए ।

‘सबै ढाकछोप गरेर एकता हुँदैन, पार्टीलाई शशक्त बनाउने हो भने कांग्रेसको लोकतान्त्रिककरण हुनुपर्‍यो,’ उनले भने, ‘सर्वसम्मत नेतृत्वका लागि पनि छलफल गरौं । एउटा तर्क अघि सारेर सर्वसम्मत गरौं, म तयार छु ।’

आउँदो चुनावसमेत कांग्रेसकालागि प्रतिकूल हुने बताएका पौडेलले त्यसको तयारी अहिलेबाटै थाल्नु पर्नेमा जोड दिए ।  सरकारले गरेको भ्रष्टाचारका विषयमा शशक्त प्रतिपक्षी बन्नुपर्ने नेता पौडेलले बताए ।

कार्यक्रममा उसभापति विमलेन्द्र नीधिले आगामी महाविधेशनमा बैचारिक आधारमा एकता हुने बताए । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताका आधारमा एकता हुने उनले बताए ।

बिचारका आधारमा एक हुनुपर्ने उनको भनाइ छ । १४औं महाविधेशनमा नेतृत्वको चयन सर्वसम्मत रुपमा चयन गर्न सुझाव दिदै उनले भने, ‘बैचारिक आधारमा र सर्वसम्मत रुपमा नेतृत्व गरेर अग्रसर हुन सक्यो भने हामी नेपालमा प्रजातन्त्र वलियो बनाउन सक्छौं ।’

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ५ : ५४ बजे

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।