दुई वर्षे कार्यकाल सफल रहेको प्रधानसेनापतिको दाबी | Khabarhub Khabarhub

दुई वर्षे कार्यकाल सफल रहेको प्रधानसेनापतिको दाबी


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो दुई वर्षको कार्यकाल सफल रहेको दाबी गरेका छन् ।

दुई वर्षको कार्यकाल पूरा भइ तेस्रो वर्ष प्रवेश गरेको अवसरमा बुधबार आयोजित सञ्चारकर्मीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा उनले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई कार्यान्वयन वर्षको रुपमा र आगामी वर्षलाई सङ्गठन सुदृढीकरण र दिगोपनाको वर्षको रुपमा अगाडि बढाएको उल्लेख गरे ।

शान्ति सुरक्षा, स्थायित्व, विकास र समृद्धिका लागि नागरिक, सेना र सरकारको त्रिकोणीय सम्बन्ध रहनु पर्नेमा जोड दिँदै प्रधानसेनापतिले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने विषयमा संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा आम नेपालीको भावनालाई सेनाले सदैव प्रतिविम्बित गर्दै आएको उल्लेख गरे ।

‘संविधान प्रदत्त दायित्वको पालना गर्दै नेपाली सेना राष्ट्रिय स्वार्थ, राष्ट्रहित र राष्ट्रिय सुरक्षालाई सर्वोपरि मानेर अघि बढ्दै आएको छ’, उहाँले भन्नुभयो, ‘राष्ट्रको भूगोलको रक्षा गर्न नेपाली सेना कटिबद्ध रहेको र हामी सदैव राष्ट्रको सीमा सुरक्षा र भौगोलिक अखण्डता सुनिश्चित गर्न तत्पर रहेका छौँ ।’

शान्ति सुरक्षाको दायरा फराकिलो हुँदै गएको सन्दर्भमा सुरक्षाको दायित्व सबैको उत्तिकै महत्त्वपूर्ण रहने बताउँदै उहाँले नेपाली सेनालाई राष्ट्रिय शक्तिको भरपर्दो सङ्गठनको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

प्रधानसेनापति थापाले सेनाको महत्त्वबारे नागरिकलाई अनुभूत गराउन नागरिक सैनिक सम्बन्धलाई गहिरो बनाउन विभिन्न तहमा अन्तर्क्रिया र सामाजिक कार्यलाई तीव्रता दिइएको उल्लेख गरे ।

उनले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड—१९ को नियन्त्रणमा आइसोलेशन, क्वरेण्टीन व्यवस्थापनदेखि औषधि आयात, सीमा नियन्त्रण, तेस्रो मुलुकबाट आएका यात्रुको व्यवस्थापन, शव व्यवस्थापनलगायत विभिन्न कार्यमा सेनाले अन्य सुरक्षा अङ्ग र सरकारी निकायसँगको सहकार्यमा कार्यहरु गर्दै आएको बताए ।

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा औषधि आयातको क्रममा रक्षा मन्त्रालयसँग कुनै विवाद नरहेको स्पष्ट गर्दै उनले भने, ‘सरकारको निर्णयबमोजिम नै रक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार प्रक्रियागतरुपमा खरिद गरिएको हो, यसमा कुनै द्विविधा छैन ।’

कोभिड नियन्त्रणका लागि सेना परिचालन हुन लागेको हो भन्ने अर्को जिज्ञासामा प्रधानसेनापतिले भने, ‘सेना राष्ट्रिय विपद्को अवस्थामा परिचालन गरिनुपर्छ, अहिले पनि राज्यलाई त्यस्तो महसुस भएको खण्डमा सेना परिचालन हुन सक्दछ ।’

यसैबीच प्रधानसेनापति थापाले आज छाउनी र टुँडिखेलस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गरेका छन् । सोही उपलक्ष्यमा सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा उनले सिपाही पाक्षिक विशेषाङ्कको विमोचन गरे ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ९ : १६ बजे

नेविसंघले स्वतन्त्र समूहलाई आधिकारिक भनेपछि पद्मकन्यामा चर्कियो विवाद 

काठमाडौं– पद्मकन्या बहुमुखी क्याम्पसमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)

संसदमा गृहमन्त्रीको जवाफ : ६ प्रकारका विशिष्टलाई सुविधा आवश्यक

काठमाडौं । सरकारले तयार पारेको पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकले राज्यको

महेश र सृष्टि स्टारर फिल्म ‘११ः५५’ले पायो ‘एडल्ड सर्टिफिकेट’

काठमाडौं– नायक महेश त्रिपाठी र नायिका सृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा

नेपाल आइपुग्यो पक्षाघातको महँगो र दुर्लभ औषधी 

काठमाडौं– अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफमार्फत नेपाललाई प्राप्त हुने पक्षाघात

राजावादीले गतिविधि बढाए एमालेले जनता जागृत गराउने 

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । आजको बैठकमा