मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डको वेल्समाथि सहज जित « Khabarhub

मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डको वेल्समाथि सहज जित


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले वेल्समाथि सहज जित निकालेको छ ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले वेल्सलाई ३-० ले हराएको हो ।

वेम्वली स्टेडियममा भएको खेलमा इंग्ल्याण्डको जितमा डेब्यु खेल खेलिरहेका डोमिनिक काल्भर्ट लेविन, कोनर कोआडे र ड्यानी इंग्सले गोल गरे ।

२६औं मिनेटमा लेविनले डेब्यु खेलमा गोल गर्दै इंग्ल्याण्डलाई १–० को अग्रता दिलाए ।

५३औं मिनेटमा कोनर कोआडेले गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर पारे । ६३औं मिनेटमा ड्यानी इंग्सले गोल गरेपछि इंग्ल्याण्डले खेलमा ३–० को जित हासिल गर्‍यो ।

नेसन्स लिग ‘ए’ २ मा रहेको इंग्ल्याण्डले ११ अक्टोवरमा बेल्जियमको सामना गर्नअघि मैत्रीपूर्ण खेल भएको हो । इंग्ल्याण्डले अर्को खेलमा १५ अक्टोवरमा डेनमार्कसँग खेल्नेछ ।

यस्तै लिग ‘बी’ को ४ मा रहेको वेल्सले ११ अक्टोवरमा आयरल्याण्ड र १५ अक्टोवरमा बुल्गेरियासँग खेल्नेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : १५ बजे

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको