बाइडेनसँगको भर्चुअल बहसमा बस्न ट्रम्प अनिच्छुक « Khabarhub

बाइडेनसँगको भर्चुअल बहसमा बस्न ट्रम्प अनिच्छुक


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जोन बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गरेका छन् ।

अर्को हप्ता हुने तय भएको बसहमा आफू सहभागी हुन नचाहेको ट्रम्पले बताएका छन् ।

कोरोना भाइरसबाट संक्रमित भइ अस्पताल बसेर फेरि निवास फर्किएका ट्रम्प बिहीबारदेखि काममा फर्किएका छन् । तथापी उनी  अझै उपचारकै क्रममा रहेका छन्।

‘म भर्चुअल बहसमा सहभागी हुन गइरहेको छैन,’ फक्स न्युजसँग राष्ट्रपति ट्रम्पले भने । राष्ट्रपतीय बहस आयोगले दोस्रो बहसको तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनीहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्थीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय गरेका हुन् ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्वराष्ट्रपति विडेन डेमोक्र्याटको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : ४३ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको