चितवनमा थपिए ३० जना कोरोना संक्रमित « Khabarhub

चितवनमा थपिए ३० जना कोरोना संक्रमित


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २२० जनाको स्वाब परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित ३० जनामध्ये २७ जना चितवनका हुन् । बाँकी ३ जना नवलपरासी र मकवानपुरका छन् ।

नवलपरासी गैँडाकोट-१२ की २३ वर्षीया एक महिला र कावासोती-१७ का २५ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको छ । यस्तै मकवानपुर हेटौँडा- ४ का ५० वर्षीय पुरूषमा पनि संक्रमण भएको छ ।

भरतपुर अस्पतालले बिहीबार गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका ८ पुरूष र ३ वर्षीया बालिकासहित ७ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्तिका ३ पुरूष र ३ महिला, खैरहनीका १ पुरूष र १ महिला, र रत्ननगरका ४ पुरूषमा संक्रमण भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : ५५ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक