बंगालको खाडीमा चक्रवात बन्दै,  नेपालमा पनि ठूलो वर्षा हुन सक्ने « Khabarhub

बंगालको खाडीमा चक्रवात बन्दै,  नेपालमा पनि ठूलो वर्षा हुन सक्ने


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगालको खाडीमा चक्रवात विकसित हुँदै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने मौसमविद्ले जनाएका छन् ।

उक्त चक्रवात उत्तरतर्फ सरेमा नेपालमा ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

उक्त चक्रवात उत्तरतर्फ सरेको खण्डमा प्रदेश १ देखि प्रदेश ४ सम्म ठूलो वर्षाको सम्भावना रहेको उनले बताए । तर, यसको अवस्था के हुन्छ भन्ने शनिबारसम्म थाहा हुने उनले बताए ।

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावलै नै अझै  मनसुन निस्क्रिय भइनसकेको महाशाखाले जनाएको छ ।

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर भए पनि नेपालको पूर्वी भागमा पर्दा आज पनि देश १ का केही स्थानमा हल्का वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ बाहेकका क्षेत्रमा आजको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ८ : १२ बजे

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।