स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफमा « Khabarhub

स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफमा


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफ फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

बिहीबार रातिको खेलमा जित हात पारेका स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफ फाइनलमा खेल्न लागेका हुन् ।

प्लेअफ सेमिफाइनलमा स्कटल्याण्डले इजरायलमाथि पेनाल्टी सुटआउटमा जित निकाल्यो ।

केनी मेकलिनले स्कटल्याण्डका लागि बिजयी गोल गरेका थिए । नोभम्बर १२ मा सर्बियाबिरुद्ध प्राप्त गर्ने एक जितले स्कटल्याण्डलाई युरो २०२० मा छनोट गराउनेछ ।

सर्बियाले समेत प्लेअफको फाइनलमा स्थान बनाउन नर्वेलाई २–१ ले हरायो । अतिरिक्त समयको खेलमा जित निकाल्दै सर्बिया समेत युरो छनोटको नजिक पुगेको छ ।

सर्बियाको जितमा लाजियोका मिडफिल्डर सर्जेज मिलिन्कोभिक सेविकले दुवै गोल गरे । नर्वेका म्याथियस नर्मनले बराबरी गोल फर्काएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ०१ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक