सार्कस्तरका शिक्षामन्त्रीबीच कोभिड–१९ पछिको शिक्षाबारे समीक्षा « Khabarhub

सार्कस्तरका शिक्षामन्त्रीबीच कोभिड–१९ पछिको शिक्षाबारे समीक्षा


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा परेको प्रभाव र सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा बिहीबार आयोजित भर्चुअल बैठकमा मुलतः दुर्गम क्षेत्रमा सिकाइ सहजीकरण लगायतका विषयमा छलफल भएको हो ।

यस्तै शैक्षिक संस्था पुनःसञ्चालन,  शैक्षिक सत्रको कार्यान्वयन, शिक्षण सिकाइ सामग्री विकास, सार्वजनिक परीक्षाको व्यवस्थापन तथा शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगजस्ता विषयमा छलफल भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

शिक्षासम्बन्धी दिगो विकासको लक्ष्य र सार्क कार्ययोजना खाकाको कार्यान्वयनको विषयमा पनि छलफल भएको बैठकमा कोभिड–१९ लगायत सबै प्रकारका महामारीमा आगामी दिनमा पारस्परिक सहयोग अझ मजबुत गराउने समझदारी बनेको छ ।

बैठकको अध्यक्षता गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ जस्ता महामारीबाट शिक्षा क्षेत्रले व्यहोर्नुपर्ने चुनौतीको सामना गर्न यस प्रकारको बैठकले क्षेत्रीयस्तरमा सामूहिक तत्परताको विकास गर्ने कुरामा जोड दिए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : १८ बजे

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध