हत्केला चिलायो, पैसा आउँदैन बरु हुनसक्छ यस्तो रोग « Khabarhub

हत्केला चिलायो, पैसा आउँदैन बरु हुनसक्छ यस्तो रोग


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही मानिसहरु हत्केला चिलाउँदा पैसा आउने तथा गुम्ने विश्वास गर्छन् । तर त्यसो कदापि होइन, यसो हुनु कुनै रोग भएको हुनसक्ने संकेत हो ।

हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो वा रोगको संकेत हो।

छालाको कोषहरु तीब्र बृद्धि भएमा र छालाको सतहमा जम्मा भए पनि हत्केला चिलाउँछ। कहिल्यकाहिँ आफै छाला कन्याउँदा पनि यस्तो समस्या उत्पन्न हुन्छ।

विशेष गरी बालबालिका र बृद्धबृद्धा यस्तो संक्रमणबाट प्रभावित हुन्छन्। मधुमेह र छालाको समस्या पनि हत्केला चिलाउने चिकित्सकहरु बताउँछन् । तसर्थ अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि संकेत हो।

हत्केला चिलाउनका केही कारण यस प्रकार छन् :

खानेकुराको एलर्जी

खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ। कसैकसैलाई कुनै खानाले एलर्जी गरिहाल्छ र त्यसको असर हत्केलामा देखिन्छ। अन्डा, बदाम, दूध र समुद्री खानेकुराले पनि कसैकसैलाई एलर्जी बनाउँछ। यी खाना खानेबित्तिकै कोही-कोहीलाई एलर्जी भइहाल्छ।

कार्पल टनेल सिन्ड्रोम

नाडीको हड्डीको नसारुमा भएको चोटपछि हात र औलामा हुने पीडाले पनि हत्केला चिलाउँछ। शरिरमा मध्यम खालको नसा दबिएमा कार्पेल टनेल सिन्ड्रोम हुन्छ।

अध्यधिक लेख्दा, टाइप गर्दा तथा हात र औलाहरुको बढी प्रयोग हुँदा यस्तो अवस्था आउँछ। असन्तुलित तरिकाले हत्केला चिलाउनु कार्पल टनेल सिन्ड्रोमको संकेत हो।

औषधी वा शल्यक्तियाको तरिकाले पनि यो सिन्ड्रोमको उपचार गर्न सकिन्छ। एस्पिरिन, आईबुप्रोफिन, कोर्टिकोस्टेरोइड्सले नसाको दबाबलाई शान्त पारी हत्केला चिलाउन रोक्छ। नशालाई दबाब दिने तन्तुलाई शल्यक्रिया गरेर पनि चिलाउने समस्या रोक्न सकिन्छ।

छालाको समस्या

मुख्यगरी हत्केला चिलाउनु भनेको छालाको समस्या हो । छालासमबन्धि यो रोग लाग्दा औलाहमा प्रभाव पार्छ। गर्मी र जाँडो मौसममा यसले प्रभाव पार्छ।

प्राइमेरी बिलियरी सिरोसिस

कलेजोसँग सम्बन्धित समस्याले पनि हत्केला चिलाउन सक्छ। कलेजोमा गम्भीर समस्या नआउँदै हत्केला र खुट्टाको पैतला चिलाउँछ।

चिलाउने समय र अवस्था फरक फरक हुन्छ। कहिले अकस्मात हुन्छ भने कहिले दिन वा रातमा मात्र चिलाउँछ। रगत प्रवाह गर्ने प्रणालीमा र विशेष गरी लिभरमा एसिड उत्पन्न (बाइल एसिड) हुँदा हात हत्केला चिलाउँछ। हात चिलाउने समस्या रोक्न एन्टिहिस्टामाइन दिइन्छ।

कसरी बच्ने ?

हातको राम्रो सरसफाई र विभिन्न प्रकारका लोसन र क्रिमले हत्केला चिल्लो पार्दा धेरै हदसम्म चिलाउने समस्याको समाधान हुन्छ।

छालालाई कहिल्यै पनि सुख्खा नराख्ने। चिलायो भन्दै बेस्सरी रगेडेर कन्याउनु हुँदैन्। समस्या गम्भीर भयो भने तत्काल चिकित्सकको सल्लाहमा औषधी प्रयोग गर्नुपर्छ।

हत्केला चिलाउने समस्याबाट निको पाउन सबैभन्दा पहिला त हात चिलाउनुको कारण बुझ्नुपर्छ। हत्केला चिलाउनुका विभिन्न कारण हुन्छन्। जाडो याममा हुने सुख्खा छाला वा बेस्सरी हात घोटेर धुदा पनि चिलाउने भएकोले ढुंगा वा जालीले हत्केला रगेड्नु हुँदैन।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ८ : ०९ बजे

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय