रुघाखोकी र कोरोना संक्रमण कसरी चिन्ने ? « Khabarhub

रुघाखोकी र कोरोना संक्रमण कसरी चिन्ने ?


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मौसम परिवर्तन हुनेवित्तिकै सामान्यतया  मानव स्वास्थ्यमा त्यसको प्रभाव पर्छ।

एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन केही समय लाग्छ। यस्तो बेलामा शरीरको इम्युनिटी डिस्व्यालेन्स हुन्छ।

जसले गर्दा मानव स्वास्थ्यमा रुघाखोकी लगायत मौसमी संक्रमणको जोखिम बढ्छ। मौसम परिवर्तनसँगै मानिसलाई रुघाखोकीले सताइरहेको हुन्छ ।

सामान्य अवस्थामा लागेको रुघाखोकी कतै कोरोना भाइरस संक्रमणको लक्षण त होइन ? जनमानसमा द्विविधा हुन सक्छ । यसै बिषयमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे यस्तो सुझाव दिन्छन् :

अहिले मौसम परिवर्तनको समय हो । यो समयमा अधिकांशलाई रुघाखोकी लागिरहेको हुनसक्छ । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको वर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेहरु पनि धेरै हुनसक्छन् । तर कसरी थाहा पाउने ? यी लक्षणबारे जानकारी लिनुहोस्-

.मौसमी रुघा खोकीका लक्षण

नाक बन्द हुने
नाकबाट पानी आउने
हाँच्छ्यु आउने
शरीर दुख्ने
हल्का ज्वरो आउने
टाउको दुख्ने
शरीर दुख्ने
सामान्य उपचार तथा आरामले फाइदा गर्ने
छोटो समयमा निको हुने

कोरोना संक्रमणका लक्षण

सुख्खा खोकी लाग्ने
उच्च ज्वरो आउने
एकदम थकाइ लाग्ने
सास फेर्न गाह्रो हुने
स्वाद वा / र गन्ध थाहा नहुने
घाँटी खसखस गर्ने / बोलि परिवर्तन हुने
निको हुन १० दिन लाग्न सक्ने
खाना नरुच्ने
अक्सिजन / आइसीयुको उपचार आवश्यक पर्न सक्ने

यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । तापक्रम, अक्सिजन हेरिरहने । आवश्यक परे पीसीआर परीक्षण गर्ने ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : २२ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा