चन्द्रागिरिमा सङ्क्रमितको सङ्ख्या ५५१, पाँचको मृत्यु « Khabarhub

चन्द्रागिरिमा सङ्क्रमितको सङ्ख्या ५५१, पाँचको मृत्यु


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ ।

काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो ।

चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४ सङ्क्रमित भेटिएका छन् ।

यस्तै वडा नं १ मा १३, वडा नं २ मा आठ, वडा नं ३ मा ३६, वडा नं ४ मा २८, वडा नं ५ मा २९, वडा नं ६ मा १६, वडा नं ७ मा १५, वडा नं ८ मा १०४, वडा नं ९ मा १६, वडा नं १० मा ३०, वडा नं ११ मा ५९, वडा नं १२ मा ४६, वडा नं १३ मा ३५, वडा नं १४ मा ५१ र वडा नं १५ मा ५६ सङ्क्रमित छन् ।

कोरोना सङ्क्रमितमध्ये ३४३ निको भएर घर फर्किसकेको, १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

कोरोना सङ्क्रमणका कारण चन्द्रागिरिमा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । चन्द्रागिरीको वडा नं ३ मा एक, वडा नं ५ मा दुई, वडा नं ९ मा एक र वडा नं १४ मा एक जनाको मृत्यु कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

चन्द्रागिरिले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र मनमोहन अस्पताल दहचोकमा बिरामी पठाउँदै आएको छ ।

कोरोना बिरामीको उपचारका लागि विशेष अस्पताल नबनाएको चन्द्रागिरिले विभिन्न सामुदायिक विद्यालयलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएको छ ।

चन्द्रागिरिले हालसम्म कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरिसकेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।

नगरपालिकाभित्रका १० हजार व्यक्तिको पिसीआर परिक्षण भइसकेको छ । चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १ : १० बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम