डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै « Khabarhub

डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

डा.केसीको शरीरमा अक्सिजनको मात्रा कम भएको र निमोनियाको लक्षणसमेत देखिएको उनका सहयोगी डाक्टर तोसिमा कार्कीले बताइन् ।

डा.कार्कीका अनुसार डा.केसीमा निमोनियाको लक्षण देखिएकाले सिटी स्क्यान समेत गरिएको छ ।

विभिन्न माग राख्दै अनसनरत डा.केसीको आज अनसनको २६ औं दिन पुगेको छ ।

सरकारले बिहीबार डा.केसीका मागबारे उनका प्रतिनिधिसँग वार्ता गरेको भएपनि बिहीबारको वार्ता निष्कर्ष बिहीन भएको थियो । डा.केसीका माग बारे शिक्षा मन्त्रालय आन्तरिक छलफलमै रहेको जनाइएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ३ : ४० बजे

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिफोन र इन्टरनेट सामग्री सेनाको हेलिकप्टरबाट ढुवानी

काठमाडौँ – बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन

सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार दुई

ग्लोबल आइएमई बैंकको नाइमा अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन 

काठमाडौं– ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा अटो लोन योजना

१६ कानुनी र प्रशासनिक जटिलता हटाउन संघीय सरकारको ध्यानाकर्षण गराइने

पोखरा– गण्डकी प्रदेश सरकारले विकास निर्माण र अधिकार क्षेत्रमा देखिएका