कोरोना रोकथामका लागि काठमाडौं महानगरद्वारा ८ करोड ७४ लाख खर्च | Khabarhub Khabarhub

कोरोना रोकथामका लागि काठमाडौं महानगरद्वारा ८ करोड ७४ लाख खर्च


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले कारोना भाइरस नियन्त्रण तथा रोकथामका लागि हालसम्म ८ करोड ७४ लाख ३९ हजार खर्च भएको तथ्यांक सार्वजनिक गरेको छ ।

महानगरले चैत्र ११ गतेदेखि हालसम्म खाना तथा राहत वितरण, एम्बुलेन्स सेवा भुक्तानी, डिसइन्फेक्सन औषधी छर्कने, जनप्रतिनिधि तथा कर्मचारीको कोरोना बिमा लगायतका शीर्षकमा सो रकम खर्च गरेको जनाएको छ ।

महानगरको चैत्र ६ मा बसेको कार्यपालिका बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० करोड बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटबाट हालसम्म ८ करोड ७४ लाख ३९ हजार खर्च भएको काठमाडौं महानगरका सूचना अधिकारी नवराज ढकालले जानकारी दिए ।

उनकाअनुसार वडा कार्यालयबाट राहत तथा खाद्यन्न वितरणका लागि ५७ लाख १० हजार, विभिन्न संघसंस्थालाई केन्द्रबाट राहत सामान वितरणमा २४ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ ।

महानगर क्षेत्रभित्र औषधी छर्कन १९ लाख ९४ हजार ७ सय, एम्बुलेन्स सेवा भुक्तानी ८ लाख ३७ हजार ५ सय, प्रसारणमा २२ लाख २ हजार ७ सय खर्च भएको छ ।

त्यसैगरी कोभिड रोकथाम तथा नियन्त्रण सामग्री खरिद (केन्द्रीय स्तर) १ करोड २४ लाख ९ सय, वडा स्तर ५९ लाख ८७ हजार ६ सय, धुनिबेंसी, ककनी, तारकेश्वर नगरपालिकालाई राहत वितरण अनुदानमा ३३ लाख खर्च भएको महानगरले जनाएको छ ।

यस्तै, महानगरका कर्मचारी तथा जनप्रतिनिधिका निम्ति कोरोना बिमाका लागि ११ लाख ८९ हजार २ सय रुपैयाँ खर्च भएको छ ।

यस्तो छ खर्चको विवरण

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : ५७ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ