पीसीआर रिपोर्ट नेगेटिभ आएपछि वरिष्ठ हास्यकलाकार श्रेष्ठले यस्तो लेखे « Khabarhub

पीसीआर रिपोर्ट नेगेटिभ आएपछि वरिष्ठ हास्यकलाकार श्रेष्ठले यस्तो लेखे


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।

दुई दिन काममासँगै रहेका अर्का कलाकार हरिवंश आचार्य र उनकी पत्नीको रिपोर्ट पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका उनले आज आफ्नो रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जालमा लेखेका छन् ।

उलेन फेसबुकमा यस्तो लेखेका छन्-

हरिवंशले फोन गरेर “ दाइ, रमिला र मेरो PCR टेष्ट गराएको, रिपोर्टमा त दुबैजनालाई कोरोना पोजिटिभ पो देखायो त” भन्दा म एकछिन त झसंग भएँ किनभने दुइ दिन बिहान देखि बेलुका सम्म एउटा शुटिङ्गमा व्यस्त भएका थियौ। फेरि एउटै गाडी चढेका थियौं । त्यस माथि आफू पार्किन्सन, प्रेसर, प्रोस्टेटको चार पाँच थरी औषधी खाइराखेको मान्छे।

हुन त मलाई केहि हुँदैन भन्ने कुरामा ढुक्कै थिएँ तैपनि पनि क्या हो क्या हो , के भन्न सकिन्छ र।

“ह” लाई समाते पछि “म” लाई मात्र के बाँकी राख्ला र ? समात्यो होला बजियाले भन्या जस्तो गरी मेरो पालो चुपचाप घरैमा आइसोलेसनमै बसें।

आज बिहानै बी एण्ड बी अस्पतालबाट डा. नीरज बैद्यले पीसीआर टेस्ट गर्न एकजना मान्छे पठाइदिनु भएको थियो ।

अहिले भर्खर अस्पतालबाटै डा. रीना बैद्यले फोन गरेर “तपाइको रिपोर्ट नेगेटिभ आएको छ अंकल ” भनेर खबर गरिन्।

मैले उनलाई धन्यबाद दिएँ र तुरुन्तै हरीलाई फोन गरेर मेरो रिपोर्ट नेगेटिभ आएको कुरा सुनाएँ ।

मेरो कुरा सुनेर हरीले भन्यो – “ ओहो दाइ , खबर सुनेर मेरो त मनै हलुका भयो , मलाई आफ्नो भन्दा तपाइको बढी चिन्ता लागिरहेको थियो……”

यसअघि मह जोडीको ‘ह’ (हरिवंश) र उनकी श्रीमतीलाई कोरोना पोजिटिभ देखिएको थियो।उनीहरू होम आइसोलेनसमा बसिरहेका छन्। आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनीहरूले बताएका छन्।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ७ : २० बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम