राजस्थानविरुद्ध टस हारेको दिल्ली ब्याटिङ गर्दै, सन्दीप आज पनि बेन्चमा « Khabarhub

राजस्थानविरुद्ध टस हारेको दिल्ली ब्याटिङ गर्दै, सन्दीप आज पनि बेन्चमा


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबार बेलुका राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन् ।

शारजाहमा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर बलिङ रोजेपछि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्ली ब्याटिङमा उत्रँदै छ ।

हालसम्म दिल्लीले खेलेका पाँचवटै खेलमा मौका नपाएका सन्दीप छैटौं खेलमा पनि बेन्चमा नै रहेका छन् ।

आजको खेलमा दिल्लीले कुनै परिवर्तन नगरी अघिल्लो खेलमा मैदान उतारेकै टोलीलाई निरन्तरता दिएको छ ।

राजस्थानले भने आजको खेलमा दुई परिवर्तन गरेको छ, अंकित राजपूत र टम करानको स्थानमा वरुण आरुन र एन्ड्र्यु टाइलाई मौका दिइएको छ ।

दिल्लीले हालसम्म खेलेका पाँच खेलमध्ये चारमा जीत हात पारेको छ भने एकमा पराजित भएको छ । त्यसैगरी राजस्थानले भने तीनमा हार व्यहोर्दा दुई खेलमा जीत निकालेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ७ : ५४ बजे

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी