यो वर्षको नोबल शान्ति पुरस्कार ‘विश्व खाद्य कार्यक्रम’ लाई « Khabarhub

यो वर्षको नोबल शान्ति पुरस्कार ‘विश्व खाद्य कार्यक्रम’ लाई


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यो वर्षको नोबल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघ मातहतको ‘विश्व खाद्य कार्यक्रम’ ले पाएको छ।

विश्वमा द्वन्द्वले थलिएका क्षेत्रमा शान्ति स्थापना र भोकमरी विरुद्धको लडाईमा गरेको योगदानका लागि विश्व खाद्य कार्यक्रमले यो वर्षको नोबल शान्ति पुरस्कार प्राप्त गरेको हो।

यस संस्थाले हरेक वर्ष विश्वका ८८ वटा मुलुकका ९ करोड ७० लाख मानिसलाई भोकमरी विरुद्ध सहयोग गर्दै आइरहेको छ। यद्यपि अहिले पनि विश्वमा प्रत्येक ९ जनामध्ये १ जनाले पर्याप्त खाना खान पाइरहेको अवस्था छैन।

नोबल समितिकी अध्यक्ष, बेर्रिट रेइस एन्डेर्सनले भनेकी छन्, “यस्तो संकट पहिले भन्दा थप गहिरिँदै गइरहेको अवस्थामा अन्तर्राष्ट्रिय सहकार्य र वहुपक्षीय सहयोगको आवश्यक्ता अनिवार्य बनेको छ।”

कोरोना महामारीको यस विषम परिस्थितिमा डब्ल्यूएफपीको कामले थप महत्व झल्काएको उनको तर्क छ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ८ : ११ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक