डलर देखाएर १ कराेड १५ लाख लुटपाट गर्ने १२ जना पक्राउ « Khabarhub

डलर देखाएर १ कराेड १५ लाख लुटपाट गर्ने १२ जना पक्राउ


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विगत केही समयदेखि भक्तपुर लगायत आसपासका ठाँउहरुमा अमेरिकी डलर देखाइ १ करोड १५ लाख १० हजार बराबरको नगद ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी, जगाती र अपराध महाशाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न गिरोहका १२ जनालाई पक्राउ  गरेको हो ।

उनीहरुलाई जिल्ला अदालत भक्तपुरबाट ठगी मुद्दामा म्याद लिई थप अनुसन्धान सुरू गरेकाे छ।

प्रहरीले घटनामा संलग्न अन्यको पनि खोजी जारी राखेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे-३ घर भई हाल गोकर्णेश्वर नगरपालिका-१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ, सोही ठाउँका रेलबहादुर तामाङ, बाह्रबिसे नगरपालिका-६ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका-९ बस्ने ५६ वर्षीय श्याम बहादुर तामाङ,सोही ठाउँका २५ वर्षीय रामकृष्ण तामाङ रहेका छन् ।

यसैगरी बाह्रबिसे नगरपालिका घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका- ९ बस्ने  ३२ वर्षकी कान्छी तामाङ, बाह्रबिसे न.पा. ३ घर भई हाल भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने वर्ष २३ को विमल भण्डारी, बाह्रबिसे न.पा. ३ भई हाल भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने २१ वर्षीय निर्मल भण्डारी रहेका छन् ।

प्रहरीका अनुसार बाह्रविसे न.पा. २ घर भई हाल जोरपाटी काठमाण्डौ बस्ने बर्ष ३३ को राज कुमार तामाङ, बाह्रविसे न.पा. ४ घर भई हाल लोकन्थली, भक्तपुर बस्ने बर्ष ३१ को धन बहादुर भण्डारी, बाह्रबिसे न.पा. २ घर भई हाल भक्तपुर सुडाल बस्ने बर्ष २८ को कमल भण्डारी, बाह्रबिसे न.पा. ४ घर भई हाल भक्तपुर कालोपाटी बस्ने बर्ष २७ को राकेश भण्डारी र बाह्रबिसे न.पा. ३ घर भई हाल काठमाण्डौ बालाजु बस्ने बर्ष ३९ को सन्च बहादुर योञ्जन पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूका साथबाट नेपाली रुपैंया ५ लाख ९४ हजार, विभिन्न कम्पनीका मोबाइल – १२ थान, मोटरसाइकल– ५ थान, डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो – ५ बण्डल र अमेरिकन डलर– ४६० बरामद गरेको छ ।

भक्तपुर प्रहरी प्रमुख एसपी तारदेवी थापाका अनुसार उक्त समुहबाट ठगिन पुगेका पिडितहरु अझै पनि सम्पर्कमा आउने क्रम जारी रहेकोले ठगीको रकम बढ्न सक्ने जानकारी दिइन्।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ५७ बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम