डलर देखाएर १ कराेड १५ लाख लुटपाट गर्ने १२ जना पक्राउ « Khabarhub

डलर देखाएर १ कराेड १५ लाख लुटपाट गर्ने १२ जना पक्राउ


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विगत केही समयदेखि भक्तपुर लगायत आसपासका ठाँउहरुमा अमेरिकी डलर देखाइ १ करोड १५ लाख १० हजार बराबरको नगद ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी, जगाती र अपराध महाशाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न गिरोहका १२ जनालाई पक्राउ  गरेको हो ।

उनीहरुलाई जिल्ला अदालत भक्तपुरबाट ठगी मुद्दामा म्याद लिई थप अनुसन्धान सुरू गरेकाे छ।

प्रहरीले घटनामा संलग्न अन्यको पनि खोजी जारी राखेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे-३ घर भई हाल गोकर्णेश्वर नगरपालिका-१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ, सोही ठाउँका रेलबहादुर तामाङ, बाह्रबिसे नगरपालिका-६ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका-९ बस्ने ५६ वर्षीय श्याम बहादुर तामाङ,सोही ठाउँका २५ वर्षीय रामकृष्ण तामाङ रहेका छन् ।

यसैगरी बाह्रबिसे नगरपालिका घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका- ९ बस्ने  ३२ वर्षकी कान्छी तामाङ, बाह्रबिसे न.पा. ३ घर भई हाल भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने वर्ष २३ को विमल भण्डारी, बाह्रबिसे न.पा. ३ भई हाल भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने २१ वर्षीय निर्मल भण्डारी रहेका छन् ।

प्रहरीका अनुसार बाह्रविसे न.पा. २ घर भई हाल जोरपाटी काठमाण्डौ बस्ने बर्ष ३३ को राज कुमार तामाङ, बाह्रविसे न.पा. ४ घर भई हाल लोकन्थली, भक्तपुर बस्ने बर्ष ३१ को धन बहादुर भण्डारी, बाह्रबिसे न.पा. २ घर भई हाल भक्तपुर सुडाल बस्ने बर्ष २८ को कमल भण्डारी, बाह्रबिसे न.पा. ४ घर भई हाल भक्तपुर कालोपाटी बस्ने बर्ष २७ को राकेश भण्डारी र बाह्रबिसे न.पा. ३ घर भई हाल काठमाण्डौ बालाजु बस्ने बर्ष ३९ को सन्च बहादुर योञ्जन पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूका साथबाट नेपाली रुपैंया ५ लाख ९४ हजार, विभिन्न कम्पनीका मोबाइल – १२ थान, मोटरसाइकल– ५ थान, डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो – ५ बण्डल र अमेरिकन डलर– ४६० बरामद गरेको छ ।

भक्तपुर प्रहरी प्रमुख एसपी तारदेवी थापाका अनुसार उक्त समुहबाट ठगिन पुगेका पिडितहरु अझै पनि सम्पर्कमा आउने क्रम जारी रहेकोले ठगीको रकम बढ्न सक्ने जानकारी दिइन्।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ५७ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक