गैरआवासीय नेपाली विकास साझेदार हुन् : परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

गैरआवासीय नेपाली विकास साझेदार हुन् : परराष्ट्रमन्त्री ज्ञवाली


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका साझेदार गैरआवासीय नेपालीसँग सहकार्य बढाउन थप कानूनी सहजता निर्माण गरिने बताएका छन् ।

गैरआवासीय नेपाल सङ्घ(एनआरएन)को आयोजनामा शुरु भएको दोस्रो ज्ञान सम्मेलनमा मन्त्री ज्ञवालीले संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरिसकेका सन्दर्भमा संसदमा विचाराधीन नागरिक विधेयक र आगामी बन्ने कानूनमा थप सहजता निर्माण हुने स्पष्ट गरे ।

कार्यक्रममा काठमाडौंँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, एनआरएनएका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्ष देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्टलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

संघका महासचिव डा हेमराज शर्माका अनुसार यही असोज २५ सम्म चल्ने सम्मेलनमा २५ भन्दा बढी देशका सयभन्दा बढी प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान केन्द्रबाट ३०० भन्दा बढी प्रस्तोताको सहभागिता रहनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : ०९ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा