भक्तपुरमा भएको सामूहिक बलात्कारका आरोपी राई पक्राउ « Khabarhub

भक्तपुरमा भएको सामूहिक बलात्कारका आरोपी राई पक्राउ


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौं- यही असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार घटनाका आरोपी फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले आज पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको छ ।

किशोरीलाई बेहोस बनाएर रातभरी पटक–पटक बलात्कार गरेको अभियोगमा फरार रहेका झापाको भद्रपुरका २२ वर्षीय दिपेश राईलाई भक्तपुर प्रहरी र अपराध अनुसन्धान महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा पक्राउ गरी भक्तपुर ल्याएर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन ।

रत्नपार्कबाट किशोरीलाई पानीमा बेहोस हुने औषधि खुवाएर भक्तपुर ल्याएर आफूले पटक–पटक बलात्कार गरी अन्य दुई जनालाई किशोरी बलात्कार गर्न दिई फरार भएका राईलाई प्रहरीले पक्राउ गरेको हो ।

यसअघि रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा किशोरीलाई रातभरी पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले घट्नास्थलबाट सिन्धुपाल्चोक घर भएका २२ वर्षीय निरकुमार खड्का र सोही ठाउँका सूर्य श्रेष्ठलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : २३ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा