भक्तपुरमा भएको सामूहिक बलात्कारका आरोपी राई पक्राउ | Khabarhub Khabarhub

भक्तपुरमा भएको सामूहिक बलात्कारका आरोपी राई पक्राउ


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौं- यही असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार घटनाका आरोपी फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले आज पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको छ ।

किशोरीलाई बेहोस बनाएर रातभरी पटक–पटक बलात्कार गरेको अभियोगमा फरार रहेका झापाको भद्रपुरका २२ वर्षीय दिपेश राईलाई भक्तपुर प्रहरी र अपराध अनुसन्धान महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा पक्राउ गरी भक्तपुर ल्याएर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन ।

रत्नपार्कबाट किशोरीलाई पानीमा बेहोस हुने औषधि खुवाएर भक्तपुर ल्याएर आफूले पटक–पटक बलात्कार गरी अन्य दुई जनालाई किशोरी बलात्कार गर्न दिई फरार भएका राईलाई प्रहरीले पक्राउ गरेको हो ।

यसअघि रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा किशोरीलाई रातभरी पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले घट्नास्थलबाट सिन्धुपाल्चोक घर भएका २२ वर्षीय निरकुमार खड्का र सोही ठाउँका सूर्य श्रेष्ठलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : २३ बजे

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको