फाप्ला मैदानमा गाई धपाउँदै क्रिकेट अभ्यास « Khabarhub

फाप्ला मैदानमा गाई धपाउँदै क्रिकेट अभ्यास



काठमाडौँ- क्रिकेटको शहर भन्ने पहिचान पाएको धनगढी अहिले सुस्ताएको छ । धनगढीको चिनारी बनेको धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना नभएको दुई वर्ष भयो ।

२०७६ सालको डिपिएल दक्षिण एसियाली खेलकुद र अन्तर्राष्ट्रिय क्रिकेटका कारण आयोजना हुन सकेन । यस वर्ष कोरोना भाइस (कोभिड–१९) का कारणले आयोजना हुने सम्भावना कम छ ।

दुई वर्षअघिको डिपिएल प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा भएको थियो । यो मैदान अहिले अस्तव्यस्त अवस्थामा छ । संघ, प्रदेश र स्थानीय तहसहित तीन तहका सरकार भए पनि मैदानको स्वामित्व कसको भन्ने टुङ्गो नलाग्दा मैदान फेरि पुरानै अवस्थामा फर्किने डर छ ।

यही शनिबार मध्याह्न फाप्ला क्रिकेट मैदानमा धनगढी क्रिकेट एकेडेमीका खेलाडीहरू अभ्यास गरिरहेका थिए । मैदानमा खेलाडीभन्दा धेरै गाइवस्तु र बाख्रा थिए । यो आजको मात्रै समस्या होइन, एक वर्षयता फाप्ला मैदानमा खेलाडीभन्दा बढी गाईवस्तु नै देखिने गरेका छन् ।

पछिल्लो डिपिएलयता फाप्ला मैदानमा ठूलो प्रतियोगिता हुन सकेको छैन । डिपिएलमा लाखौँ रुपैयाँ खर्च गरेर बनाएको पिच अहिले पुरानै अवस्थामा पुगेको छ । गत वर्ष दक्षिण एसियाली खेलकुद (साग) का कारणले क्यालेन्डर व्यवस्थापन गर्न नसक्दा रोकिएको डिपिएल यो वर्ष पनि हुने सम्भावना न्युन छ ।

कोरोना भाइरसको मारमा परेको नेपाली खेलकुद अहिले सञ्चालन गर्न निकै कठिन भएको जानकार बताउँछन् । यस्तोमा घरेलु लिग गर्न आयोजकलाई पनि समस्या भएको छ । धनगढी क्षेत्रमा रहेका खेलाडीहरू आफ्नै पहलमा अहिले फाप्ला मैदानमा क्रिकेट अभ्यास गरिरहेका छन् ।

एकेडेमीका केही खेलाडी अभ्यासका लागि दैनिक फाप्ला पुग्छन् । आफूले जानेअनुसार अभ्यास गर्छन् । कुनै बेला मैदान भित्र रहेका गाईवस्तु पिचबाटै हिँडिदिन्छन् । खेलाडीहरू गाईवस्तु धपाउँछन् र फेरि खेल्छन् ।

अभ्यासका लागि राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी कविता कुँवर, यु-१९ महिला टोलीकी लक्ष्मी साउदसहित पुरुषतर्फ सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीहरू मैदान पुग्छन् । राज्यको ठूलो लगानीमा स्तरोन्नति भएको फाप्ला क्रिकेट अहिले अस्तव्यस्त भएको देख्दा खेलाडीहरू दुःखी हुन्छन् ।

यु-१९ राष्ट्रिय महिला टोलीकी खेलाडी लक्ष्मीले मैदानको व्यथा यसरी सुनाइन्— हामी पनि घरमै थियौँ । यहाँ सामुदायिक मैदान अस्तव्यस्त थियो । हामीले सल्लाह गरेर यहाँ अभ्यास गर्ने निर्णय गर्यौं । अहिलेसम्म अभ्यास गरिरहेका छौँ । कोच सहभागी हुनुभएको छैन तर पनि हामी आफ्नो अनुभवको आधारमा अभ्यास गरिरहेका छौँ ।

मैदानको अवस्था देखेर दु:ख लाग्छ । यहाँ ठूलो लगानी भएको छ । अन्तर्राष्ट्रिय मैदान बनाउने भनिसकेपछि फाप्लाका लागि विनियोजन भएको बजेट फ्रीज भएको छ ।

अहिले खेल्न मिल्नेसम्म बनेको छ तर दुई महिनाअघि त यतिको पनि थिएन । घाँस ठूलो भएको थियो । गाईवस्तु र बाख्रामात्रै हुन्थे ।

यति ठूलो मैदान भएर पनि खेलाडीलाई अभ्यास गर्न कठिन छ । फिल्डमा अहिले पनि खाल्डाखुल्डी देखिन्छन् । खेलाडीका लागि कुनै व्यवस्था भएको छैन । सरकारले कोरोनाकालमा नखेल्नू भन्छ । हामीले आफ्नो भविष्य सोचेर आफ्नै तरिकाले अभ्यास गर्दैछौँ ।

सुरुमा हामीले यहाँको घाँस काट्यौँ अनि पिच सुधार गयौँ । हामी आफैँले रोलर लगायौँ । पिच त घरको आँगन जस्तै भइसकेको थियो । हरेक दिन अभ्यास अगाडि रोलर लगाउँछौँ । अहिले अभ्यासमा १२–१४ जना अनियमित छौँ । आफूलाई फिट राख्ने प्रयास गरिरहेका छौँ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ७ : १८ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा