राष्ट्रपति चुनिएपछि कार्ययोजना बनाउँदै बाइडेन, कोरोना महामारी नियन्त्रण प्राथमिकतामा « Khabarhub

राष्ट्रपति चुनिएपछि कार्ययोजना बनाउँदै बाइडेन, कोरोना महामारी नियन्त्रण प्राथमिकतामा


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति चुनिएसँगै जो बाइडनले आफ्नो कार्यकालको कार्ययोजना बनाउन जुटेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएका बाइडेन ह्वाइट हाउसको बागडोर सम्हाल्नअघि आफ्ना रणनीतिकारहरूसँग कार्ययोजना बनाउन ब्यस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

तस्वीर : रोयटर्स

बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाइरहेको छ ।

बाइडेनको टोलीका अनुसार अब अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई अनिवार्यरूपमा मास्क लगाउन भनिनेछ।

बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्र उकास्ने खालका कार्ययोजना ल्याउने तयारी थालेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडनको नेतृत्वमा अमेरिकाले पेरिस सम्झौता पुन: स्वीकार गर्नेछ।

यस्तै अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय पनि बाइडनले बदर गर्ने बताइएको छ।

तस्वीर : रोयटर्स

ट्रम्प प्रशासनले सात वटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ।

ट्रम्पको कानुनी चुनौती

राष्ट्रपति ट्रम्पले भने हालसम्म हार स्वीकार गरिसकेका छैनन् ।

उनले केही राज्यको परिणामलाई लिएर कानुनी चुनौती दिने बताएका छन् ।

ट्रम्पका कानुनी सल्लाहकार रुडी गिलियानीले फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले हार स्वीकार्नु गलत भएको बताउँदै भने, ‘कम्तीमा ४ र सम्भवतः १० राज्यमा मत चोरी भएको स्पष्ट प्रमाण छन्।’

यद्यपि ट्रम्पको चुनावी अभियानले यसबारेमा कुनै प्रमाण सार्वजनिक गरेको छैन।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ७ : ४५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर