विश्वभर एक करोड ३६ लाख बढी सक्रिय संक्रमित, ९२ हजार सिकिस्त | Khabarhub Khabarhub

विश्वभर एक करोड ३६ लाख बढी सक्रिय संक्रमित, ९२ हजार सिकिस्त


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ३६ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ७२ हजार ४६८ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ करोड ३६ लाख ७५ हजार ९९४ पुगेको छ ।

उपचार गराइरहेकामध्ये ९२ हजार ६२४ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कुल संक्रमितको संख्या भने ५ करोड ७ लाख ३१ हजार १५१ पुगेको छ ।  यसमध्ये युरोपमा मात्रै १ करोड २१ लाख ४७ हजार ५८३ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ८३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ६१ हजार ७४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ४० हजार ९०३ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ५७ लाख ९३ हजार २२७ पुगेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ९ : १५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी