आर्थिक सङ्कटमा अर्जुनधारा जलेश्वर धाम « Khabarhub

आर्थिक सङ्कटमा अर्जुनधारा जलेश्वर धाम


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट फसेको छ ।

भेटी सङ्कलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजनहरु आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरुलाई खाना खुवाउन आर्थिक सङ्कट भएको हो ।

नौ कर्मचारी र ४५ बटुकको नियमित खर्च धान्न समस्या हुन थालेको धाम विकास समितिका कोषाध्यक्ष मनोज जोशीले बताए ।

‘टाढा टाढाबाट आउने भक्तजन र मन्दिरमा गरिने पूजा पाठ, व्रतबन्ध, विवाहबाट आउने रकम नै आम्दानीको मुख्य स्रोत थिए’, उनले भने, ‘कोभिड –१९ का कारण विगत आठ महिनादेखि भक्तजन नआएपछि आर्थिक सङ्कट हुन थालेको छ ।’

मन्दिरमा मासिक रु तीन लाख खर्च हुँदै आएको उनले बताए । उनका अनुसार कर्मचारीलाई तलब खुवाउन र बटुकको खाना खर्चका लागि स्थानीय सरकारलाई गुहार्नुपर्ने अवस्था सिर्जना भएको छ ।

कोरोनाको जोखिम बढ्दै गयो र मन्दिरमा पूजापाठका लागि खुल्ला गर्ने अवस्था सिर्जना नभएमा सम्पूर्ण धार्मिक संस्थाहरु आर्थिक सङ्कटमा पर्ने उनको भनाइ छ ।

प्रत्येक वर्ष अर्जुनधारा जलेश्वर धाममा बालाचतुर्दशीको अवसर पारेर धार्मिक अनुष्ठानको आयोजना गरी मन्दिर सञ्चालनका लागि आर्थिक सङ्कलन गरिँदै आएको थियो तर यस वर्ष कोरोनाका कारण सम्भव नदेखिएपछि सर्वदलीय बैठक बोलाएर आर्थिक सङ्कलनका लागि सहयोगको याचना गर्ने तयारी भइरहेको उनले बताए ।

धामका प्रचार समितिका सहसंयोजक तथा पत्रकार दिपिन राईले धाम क्षेत्रको परिसरमा पर्खाल लगाउन गत वर्ष केन्द्रीय सरकारले रु ५० लाख सहयोग गरे पनि सञ्चालन खर्च कतैबाट पनि नआएको बताए । ‘पूर्वको ठूलो धार्मिक सम्पति हो अर्जुनधारा धाम’, उनले भने , ‘सङ्कटमा बचाउने दायित्व पनि तीनै तहको सरकारको हो ।’

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ९ : ३० बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।