अमेरिकामा पाँच दिनयता लगातार एक लाखभन्दा बढीमा संक्रमण « Khabarhub

अमेरिकामा पाँच दिनयता लगातार एक लाखभन्दा बढीमा संक्रमण


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा पाँच दिनयता लगातार एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार एकै दिन १ लाख २३ हजार ७१८ जनामा संक्रमण देखिएको अमेरिकामा शनिबार, आइतबार र आज सोमबार पनि १ लाखभन्दा बढी संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २ हजार ७२६ जनामा संक्रमण भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड २ लाख ८८ हजार ४८० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६४ लाख ८३ हजार ४२० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३५ लाख ६१ हजार २९२ जनामध्ये १८ हजार ४६२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४३ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ५१२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४३ हजार ७६८ पुगेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ९ : ४५ बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा