बैठक राख्न बहुमत सचिवालय सदस्यले ओलीलाई दिएको समयसीमा सकिँदै « Khabarhub

बैठक राख्न बहुमत सचिवालय सदस्यले ओलीलाई दिएको समयसीमा सकिँदै

प्रचण्ड निवासमा महासचिव पौडेल


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टी विवादको निरूपणका लागि बैठक डाक्न नेकपाका बहुमत सचिवालय सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको दुई दिनको समयसीमा आज सकिदैछ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिकरुपमा दुई दिनअघि लिखित माग राख्दै बैठक डाक्न ओलीलाई आग्रह गरेका थिए ।

आवश्यक सल्लाह गरेर बैठक डाक्ने बचन दिएका ओलीले अझै त्यसबारे निर्णय गरेका छैनन् । यद्यपि उनले आन्तरिक छलफल बढाएका छन् ।

वरिष्ठ नेता माधव कुमार नेपाललाई आइतबार बालुवाटारमा बोलाएर ओलीले छलफल गरेका छन् । उक्त छलफलमा ओलीले पार्टी विभाजनबाट जोगाउने भूमिका खेल्न नेता नेपाललाई आग्रह गरेको बताइएको छ ।

उनले आफू निकटस्थ नेताहरूसँग पनि परामर्श गरेका छन् । तर, बैठक डाक्ने नडाक्ने भन्नेबारे अझै निधो गरेका छैनन् । अझै पनि अर्का अध्यक्ष दाहालसँग पूर्वसहमति गरेर मात्रै बैठक डाक्ने तयारीमा रहेका ओलीले महासचिव विष्णु पौडेललाई खुमलटार पठाएका छन् ।

ओलीको सन्देश बोकेर खुमलटार पुगेका महासचिव पौडेलले दुई अध्यक्षबीच समझदारीको कोशिस गरिरहेको स्रोतले बताएको छ ।

आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका ओली फेरि रक्षात्मक बनेका छन् ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै दाहाल-नेपाल पक्ष ओलीसँग असन्तुष्ट छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल-नेपाल पक्षको आरोप छ ।

तर, पार्टी काममा केन्द्रित हुने पर्ने दाहालले सरकारले गर्ने स-साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षीय नेताहरू बताउँछन् ।

विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल-नेपाल समूह ओलीकाविरूद्ध बहुमतबाट निर्णय गर्ने तयारीमा जुटेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ११ : १६ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड