बुशले बाइडेनलाई बधाई दिएपछि रिपब्लिकन पार्टीभित्र मतभेद « Khabarhub

बुशले बाइडेनलाई बधाई दिएपछि रिपब्लिकन पार्टीभित्र मतभेद


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेपछि उनी आबद्ध रिपब्लिक पार्टीमा विवाद उत्पन्न भएको छ ।

ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन् भने रिपब्लिकन पार्टीका केही ठूला नेताहरूले पनि ट्रम्पको हार स्वीकारेका छैनन् ।

यता पार्टीका नेता एवम् पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले राष्ट्रपतिमा चुनिएका जो बाइडनलाई बधाई दिँदै चुनाव निष्पक्ष भएको प्रतिक्रिया दिएका छन् । उनको बधाईले पार्टीभित्र मतभेद देखिएको छ ।

हाउस अफ रिप्रेजेन्टेटीभका पार्टी नेता केविन म्याक्कर्थीले हरेक कानूनी चुनौतीमाथि विचार गर्नुपर्ने धारणा राखेका छन् ।

राष्ट्रपति ट्रम्पले धाँधली भएको भन्दै चुनावी परिणाम चोरिएको समेत आरोप लगाएका छन् । उनले आफूले जितेको पनि सामाजिक सञ्जालमार्फत दाबी गरेका छन् । फेसबूक र ट्वीटरले ट्रम्पका पोस्टहरूलाई मोनिटर गरिरहेको छ र ट्रम्पले दाबी गरेका पोस्टसँगै बाइडेनले चुनाव जितेको पनि सूचना सम्प्रेषण गरेको छ ।

‘यी मानिस चोर हुन् भन्ने हामी ठान्छौं, यो एक चोर लागेको चुनाव हो,’ ट्रम्पले एक ट्वीटमा भनेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १२ : ०१ बजे

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा