शरीरका यी भागमा कोठी हुनेको हातमा फिटिक्कै टिक्दैन पैसा | Khabarhub Khabarhub

शरीरका यी भागमा कोठी हुनेको हातमा फिटिक्कै टिक्दैन पैसा


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार शरीरका विभिन्न भागमा हुने कोठीको फरक फरक अर्थ हुन्छ । कतिपय स्थानमा भएका कोठीले तपाईसँग भएको पैसा खर्च हुने वा व्यय मात्र भईरहने समुन्द्र शास्त्रमा उल्लेख छ ।

यी भागमा कोठी भएका व्यक्तिको हातमा टिक्दैन पैसा

१. बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । त्यस्ता व्यक्तिको हातमा पैसा परे पनि खर्च भईरहन्छ ।

२. तल्लो ओठमा कोठी छ भने धनको कमी हुन्छ । तर माथिल्लो ओठमा कोठी भए त्यस्तो व्यक्ति कामुक हुने समुन्द्र शास्त्रमा पाइन्छ ।

३. बायाँ हत्केलामा कोठी हुनेहरु धेरै खर्चालु हुने गर्दछन् । त्यस्ता व्यक्तिहरुले जति कमाए पनि पैसा बचत गर्न सक्दैनन् ।

४. बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो । त्यस्ता व्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ ।

५. हत्केलामा कोठी छ भने त्यस्ता व्यक्तिले पनि धन बचाउन सक्दैनन् । तिनीहरुलाई पैसा हात लागे पनि बचत नहुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

६. बायाँ आँखी भौँमा कोठी भएका व्यक्ति पनि धेरै खर्चालु हुने गरेको शास्त्रमा उल्लेख छ। त्यस्ता व्यक्तिहरुले विलाशिताका लागि धेरै पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।

७. बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । त्यस्ता व्यक्तिको पैसा उपचारमा धेरै खर्च हुन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : १६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने