सचिवालय बैठक बोलाउने तयारीमा प्रचण्ड, कार्यदल सक्रिय बनाउन खोज्दै ओली « Khabarhub

सचिवालय बैठक बोलाउने तयारीमा प्रचण्ड, कार्यदल सक्रिय बनाउन खोज्दै ओली


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्ममा सचिवालय बैठक नबोलाए बहुमत सदस्यको निर्णय बमोजिम बैठक बोलाउने तयारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर दाहाललाई भेट्न खुमलटार पुगेका महासचिव विष्णु पौडेलले पार्टी विधानअनुसार सचिवालय बैठक बोलाउने जानकारी गराएको स्रोतले बताएको छ । त्यसक्रममा दाहालले बहुमत सदस्यको माग बमोजिम सामूहिक तवरमा पार्टी विवाद हल गर्ने बताएको स्रोतले जनाएको छ ।

आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागि अध्यक्ष ओलीलाई लिखित पत्र पठाउँदा पनि बेवास्ता भए अब नकुर्ने बताएका छन् ।

बहुमत सचिवालय सदस्यले बैठक डाक्न दिएको दुई दिनको समयसीमा सकिदै गर्दा एक नम्बर अध्यक्ष ओलीले भने फेरि कार्यदललाई सक्रिय बनाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपाभित्रको विवादबारे छलफल गर्न पार्टी विवाद समाधान कार्यदलका ६ जना सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।

सो कार्यदलमा महासचिव विष्णु पौडेल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल छन् । बैठकमा पूर्वएमाले पक्षका नेताहरु मात्र सहभागी हुने भएका छन् ।

पूर्वमाओवादीका नेता शर्मा कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका छन् भने पम्फा भुसालले आफू उपस्थित हुन नसक्ने बताएकी छिन् ।

यसअघि पार्टी विवाद समाधानका लागि गत साउनमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलमा ४ जना पूर्वएमालेबाट छन् भने २ जना पूर्वमाओवादी समूहबाट छन् ।

आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका ओली फेरि रक्षात्मक बनेका हुन् ।

ओलीले आइतबार वरिष्ठ नेता माधव कुमार नेपाललाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । उक्त छलफलमा ओलीले पार्टी विभाजनबाट जोगाउने भूमिका खेल्न नेता नेपाललाई आग्रह गरेको बताइएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिकरुपमा दुई दिनअघि लिखित माग राख्दै बैठक डाक्न दिएको दुई दिनको समयसीमा आजै सकिदै छ ।

आवश्यक सल्लाह गरेर बैठक डाक्ने बचन दिएका ओलीले अझै त्यसबारे निर्णय नगर्दा दाहाल-नेपाल समूह आन्तरिक तयारीसँगै ओलीको कदम कुरेर बसेका छन् ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै दाहाल-नेपाल पक्ष ओलीसँग असन्तुष्ट छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल-नेपाल पक्षको आरोप छ ।

तर, पार्टी काममा केन्द्रित हुने पर्ने दाहालले सरकारले गर्ने स-साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षीय नेताहरू बताउँछन् ।

विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल-नेपाल समूह ओलीकाविरूद्ध बहुमतबाट निर्णय गर्ने तयारीमा जुटेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १ : ३८ बजे

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि