नेकपा विवाद: पार्टी बैठकबाट निकास खोज्न अनुशासन आयोगको आग्रह « Khabarhub

नेकपा विवाद: पार्टी बैठकबाट निकास खोज्न अनुशासन आयोगको आग्रह


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप–प्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ ।

अन्तरपार्टी विवादलाई मार्क्सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर सुल्झाउन आग्रह गर्दै आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टी कमिटीका आधिकारिक निकायलाई गतिशील तुल्याई विभाजन जस्ता सुन्न नसकिने कुरा सार्वजनिक नगर्न सुझाएका हुन् ।

अध्यक्ष बोहराले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि तत्परता देखाउन आग्रह गर्दै समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न पार्टी एकता जरुरी भएकाले फुटतर्फ नलाग्न पनि ध्यानाकर्षण गराएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, “जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं । पार्टी एकताका बाँकी सबै काम छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र सङ्गठनात्मक रुपमा एकताबद्ध बनाऔं । पार्टीमा देखापरेका अनुशासन र पद्दतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा विचलन जस्ता विद्यमान विकृति र विसङ्गतिलाई सघन वैचारिक सङ्घर्षद्वारा परास्त गरौँ ।”

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ३ : २४ बजे

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६