अर्थ समाचार : विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर, पुन:निर्माणका लागि आठ खर्ब कसरी जुट्ला ? र कृष्णभीरको कच्ची ट्र्याकबाट गुड्यो गाडी « Khabarhub

अर्थ समाचार : विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर, पुन:निर्माणका लागि आठ खर्ब कसरी जुट्ला ? र कृष्णभीरको कच्ची ट्र्याकबाट गुड्यो गाडी


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै अकल्पनीय जनधनको क्षति पुर्यायो । बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा बाढीले पुनःनिर्माण गर्नुपर्ने गरी भौतिक क्षति पुर्‍याएको छ ।

यद्यपि, सरकारले अझै क्षतिको पूर्ण विवरण तयार गरिसकेको छैन । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व बैंकले क्षतिको प्रारम्भिक अनुमान भने निकालेका छन् ।

क्षतिको वास्तविक विवरण निकाल्ने र पुनःनिर्माणको लागि आवश्यक पहल अघि बढाउने जनाइएको छ ।

कति भयो भौतिक क्षति ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीले भौतिक रूपमा पुर्याएको क्षति र पुनःनिर्माणको लागि आवश्यक पर्ने रकमको विषयमा अनुमानित तथ्यांक सार्वजनिक गरेको छ ।

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

तीजको दरखाने खर्च बाढीपीडितलाई

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग जोडिएको महत्त्वपूर्ण सम्मेलन चलिरहेका बेला नेपालको मौनतामाथि प्रश्न उठ्न थालेको छ।

भारतको अध्यक्षतामा १२ र १३ सेप्टेम्बरमा आयोजना भइरहेको १८औँ ब्रिक्स शिखर सम्मेलनमा विश्वका प्रमुख उदीयमान अर्थतन्त्रहरू एकै ठाउँमा जुटेका छन्। तर, नेपालको छिमेकमै भइरहेको यो महत्त्वपूर्ण जमघटप्रति काठमाडौंको चासो भने खासै देखिएको छैन।

ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स, साउदी अरब र इन्डोनेसिया गरी ११ देश सहभागी छन् ।

विश्व जनसंख्याको करिब ४५ प्रतिशत र विश्व अर्थतन्त्रको ठूलो हिस्सा प्रतिनिधित्व गर्ने यो समूह पछिल्लो समय केवल आर्थिक सहकार्यको मञ्चमा सीमित छैन। विश्व व्यापार, लगानी, विकास वित्त, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कूटनीतिमा यसको प्रभाव विस्तार हुँदै गएको छ।

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

 भोटेकोशी बाढी : अठार विद्यालयमा क्षति

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ७ : ०१ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक