प्रचण्डनिकट नेताहरु अनुपस्थित भएपछि ओलीसँगको कार्यदलको बैठक स्थगित « Khabarhub

प्रचण्डनिकट नेताहरु अनुपस्थित भएपछि ओलीसँगको कार्यदलको बैठक स्थगित


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट विघटित कार्यदलका सदस्यहरु अनुपस्थित भएपछि अर्का अध्यक्षसँग गर्ने भनिएको कार्यदलका सदस्यहरुसँगको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।

कार्यदलका ६ सदस्यमध्ये प्रचण्ड समूहका जनार्दन शर्मा र पम्फा भुसाल अनुपस्थित भएपछि छलफल स्थगित भएको हो।

ओलीसँग छलफल गर्न भन्दै कार्यदलका सदस्य खासगरी ओली निकट शंकर पोखरेल, विष्णु पौडेल र नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेर प्रधानमन्त्रीको सचिवालयको हलमा कुरिरहेका थिए ।

प्रचण्ड निकट दुई जनानै बैठकमा उपस्थिति नहुने भएपछि अन्य कार्यदलका सदस्यहरुले मात्रै ओलीसँग छलफल गर्नुको कुनै अर्थ नभएको भन्दै उनीहरु त्यहाँबाट उठेका थिए ।

नेता रावलले आफूहरुले छलफलका लागि ओलीसँग समय मागेको तर बालुवाटार छिरेपछि मात्रै नेता शर्मा र भुसालले खबर गरेको र आफूहरुले उनीहरुको उपस्थितिबिना प्रधानमन्त्री ओलीसँग छलफल गर्न नचाहेको बताए ।

नेकापमा उत्पन्न विवाद समाधानका लागि गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ‘विवाद समाधान कार्यदल’ गठन गरिएको थियो ।

सोही कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा भदौ २६ गते स्थायी कमिटी बैठकले १५ बुँदे प्रस्ताव पारित गरिएको थियो ।

भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्कने निश्चित समय(कट अफ डेट) निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तरविरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने निर्णय पनि सोही दिन गरिएको थियो ।

तर त्यसको २० दिनपछि ओलीले एकलौटी राजदूत नियुक्ति गरेपछि नेकपामा देखिनेगरी विवाद सुरु भएको थियो ।

हाल आएर अविश्वासको प्रस्ताव दर्ता र दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न कसले पहिले हात छोड्ने भन्नेमा छलफल जारी छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ४ : २३ बजे

कुलमानको स्पष्टीकरण : कसैसँग एकता हुँदैन, नेकपासँग पनि मिल्ने सम्भावना छैन

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा

विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका ४ बजेलाई सारियो

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका संशोधित

विश्वप्रकाश ८ बुँदे बोकेर सानेपातिर, विशेष महाधिवेशनको निर्वाचन ४ बजेसम्मलाई सारियो

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अघि सारेको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी,  विश्वप्रकाश सानेपा जाँदै

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा