ट्रम्पकी पत्नी मेलानियाको प्रतिक्रियाले तरंग | Khabarhub Khabarhub

ट्रम्पकी पत्नी मेलानियाको प्रतिक्रियाले तरंग


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपतिको निर्वाचनमा बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले हार बेहोरेपछि उनलाई पत्नी मेलानिया ट्रम्पले पनि डिभोर्स दिन लागेको समाचारहरू सार्वजनिक भएका छन् ।

पराजित भएपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । उनले चुनाव चोरिएको र मरिसकेका व्यक्तिहरूको पनि भोट हालिएको दाबी गरेका छन् ।

उनी चुनावी हार सहजै स्वीकार्ने पक्षमा छैनन् । उनका पार्टीका पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले भने राष्ट्रपति निर्वाजित जो बाइडेनलाई बधाई दिँदै धाँधली नभएको बताएका छन् ।

ट्रम्पले भने मतदान प्रक्रिया र मतगणनाका विषयमा कानुनी लडाइँ सुरु गरेका छन् । उनले आफू अदालतमा जाने बताएका छन् ।

यता ट्रम्पकी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्पले ट्रम्पलाई समर्थन गर्दै दिएको प्रतिक्रियाले तरंग ल्याएको छ । डिभोर्स दिन लागेको भनिएको मेलानियाले अमेरिकी नागरिक निष्पक्ष निर्वाचनको हकदार भएको बताउँदै प्रत्येक वैध भोटको गणना हुनुपर्ने तर अवैध भोट गणना गरिन नहुने धारणा राखेकी छिन् ।

मेलानियाले पूर्ण पारदर्शिताका साथ लोकतन्त्रको रक्षा गरिनुपर्ने दाबी गरेकी छिन् । ट्रम्पलाई समर्थन गर्दै यस्तो धारणा राखेपछि उनको डिभोर्स हुन लागेको समाचारमा सत्यता नरहेको अड्कल काट्न थालिएको छ ।

यसअघि अमेरिकाबाट प्रकाशन हुने डेलीमेलले ट्रम्प परिवारका पूर्व सहयोगीहरुलाई उद्धृत गर्दै मेलानियाको ट्रम्पसँग सम्बन्ध राम्रो नभएको र उनीहरु वैवाहिक सम्बन्ध टुङ्ग्याउने पक्षमा रहेको लेखेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ४ : ४३ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते