‘हाम्रोपात्रो’ एपबाट विदेशमा रहेका नेपालीले गिफ्ट पठाउन सक्ने « Khabarhub

‘हाम्रोपात्रो’ एपबाट विदेशमा रहेका नेपालीले गिफ्ट पठाउन सक्ने


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशमा रहेका नेपालीले स्वदेशमा रहेका आफन्तलाई नेपाली एप ‘हाम्रो पात्रो’बाट गिफ्ट पठाउन सकिने भएको छ ।

कम्पनीले विदेशमा रही नेपालस्थित आफ्ना आफन्त तथा साथीभाइलाई विभिन्न उपहार सामग्री पठाउन सकिने गरी ‘हाम्रो गिफ्ट’ सेवा सुरु गरेको हो ।

तिहार तथा भाइ टीकाका लागि कम्पनीले प्रि(अर्डर लिन सुरु गरिसकेको छ । उपहार सामग्री तथा मिति चयन गरी प्रि(अर्डर गर्न सकिनेछ । यसरी चयन गरिएको मितिमै डेलिभरी सेवा उपलब्ध गराइनेछ । तिहारलाई लक्षित गरेर कम्पनीले नोभेम्बर १६ सम्मका लागि २५ डलर माथिको अर्डरमा डेलिभरी निःशुल्क गराएको छ ।

भाइ टीकाका लागि विशेष रुपमा भाइ मसलाका तीनवटा कम्बो प्याक तयार पारिएका छन् । जसमा भ्यालु प्याक, स्ट्यान्डर्ड प्याक र प्रिमियम कम्बो प्याक रहेका छन् ।

हाललाई हाम्रोपात्रोले काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्लामा उपहार सामग्रीको डेलिभरी सेवा उपलब्ध गराउनेछ । विदेशमा रहेका व्यक्तिले इन्टरनेसनल कार्डबाट भुक्तानी गरी गिफ्ट पठाउन अर्डर दिन सक्नेछन् ।

यसरी प्राप्त अर्डर २४ घण्टाभित्र डेलिभरी दिइने हाम्रोपात्रो इंकले जनाएको छ ।

‘हाम्रो गिफ्ट’ मा लक्ष्मीपूजाका लागि आवश्यक बत्ती, मूर्ति, दियो, फूलमाला आदि जस्ता उपहार सामग्री समावेश गरिएको छ ।

लिक्वेर, विद्युतीय सामग्री, झिलिमिली बत्ती, मिठाई, केक, चकलेट, टेडी बियर, कार्ड, घडी, बडी स्प्रे तथा पर्फ्युम, मोबाइल फोन, कपडा, होम अप्लायन्सेस, ड्राइ फ्रुट, फोटो फ्रेम, जुस लगायतका सामग्री समेत हाम्रोपात्रोबाट अर्डर गर्न सकिनेछ ।

कुनै पनि गिफ्ट आइटम अर्डर गर्दा त्यहाँ देखिने सन्देश लेख्ने ठाउँमा पठाउन खोजिएको गिफ्टमा अभिव्यक्त गर्न खोजिएको सन्देश लेख्न सकिने छ । उक्त सन्देशलाई प्रिन्ट गरी गिफ्ट आइटममा संलग्न गरिने कम्पनीले जनाएको छ ।

हाल वेबसाइटमा उपलब्ध रहेको हाम्रो पात्रोको ईकमर्स सेवा चाँडै मोबाइल एपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : १५ बजे

राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान

व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई

सुनसरी घटनाका घाइते भेट्न पुगिन् स्वास्थ्यमन्त्री (तस्बिरहरू)

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही