नागरिकताका लागि नक्कली कागजात बनाइदिने वडाध्यक्षसहित १० पक्राउ « Khabarhub

नागरिकताका लागि नक्कली कागजात बनाइदिने वडाध्यक्षसहित १० पक्राउ


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारवाहीको दायरामा ल्याएको छ ।

वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारवाहीको दायरामा ल्याएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वडा नम्बर ५ की स्वस्तिका मल्लले बुबा इन्द्रबहादुर मल्ल र आमा मिरा शाह बनाएर नागरिकता लिन लागेपछि अनुसन्धान शुरु गरिएको हो ।

छोरीको जन्म मिति विसं. २०५७ असोज १ गते र बाबु आमाको विवाह दर्ता विसं. २०६२ जेठ १६ गतेको भेटेपछि अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।

निजहरुले छोरीको जन्मदर्ता भने वि.सं. २०७० मा गरेको पाइएको छ । जन्मिएपछि जन्मदर्ता कुनै पनि समयमा गर्ने प्रचलन रहेको छ । जन्म भएको मिति बाबु आमा भनिएकाको विवाह भएको मिति भन्दाअघि देखिएपछि शङ्का लागेर प्रशासनले अनुसन्धान गरेको शर्माले बताए ।

वडा कार्यालयको सिफारिससहित यही कात्तिक १७ गते नागरिकता बनाउन आएका उनीहरुबाट नक्कली कागजात भेटिएको हो ।

कागजपत्र पेश भएसँगै कार्यालयले अनुसन्धान शुरु गरी वडा अध्यक्ष, वडा सचिवसहित छ जनाको बयान लिएको छ । अन्य चार जनाको बयान लिने क्रम जारी रहेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ७ : ०० बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व