एक्सन अगेंष्ट हंगर नेपालद्वारा ५८ लाख बराबरको केएन-९५ मास्क हस्तान्तरण « Khabarhub

एक्सन अगेंष्ट हंगर नेपालद्वारा ५८ लाख बराबरको केएन-९५ मास्क हस्तान्तरण


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– एक्सन अगेंष्ट हंगर (ए.सी.एफ.) नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा समाज कल्यान परिषदसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५८ लाख बराबरको केएन-९५ मास्क हस्तान्तरण गरेको छ ।

कोरोना भाइरस (कोभिड—१९) महामारीबीच संक्रमितको पहिचान र उपचारमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागी उक्त मास्क सहयोग स्वरुप प्रदान गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा विभाग, टेकुमा सोमबार आयोजित एक कार्यक्रमबीच विभागका महानिर्देशक डा. दिपेन्द्र रमन सिंहलाई एक्सन अगेंष्ट हंगर नेपालका निर्देशक फिलिप हामेलले मास्क हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य सेवा विभाग अन्र्तगत व्यवस्थापन विभागका निर्देशक डा. रमेश खरेलका साथै महत्वपूर्ण सरकारी प्रतिनिधिहरु, एक्सन अगेंष्ट हंगर नेपालका कर्मचारीहरु तथा मिडियाकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रम नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनद्वारा तोकिएको कोभिड—१९ सम्बन्धि संक्रमण रोहथाम तथा नियन्त्रणका उपायहरुलाई पालना गरी सम्पन्न गरिएको थियो ।

कार्यक्रममा व्यवस्थापन विभागका निर्देशक डा. रमेश खरेलले एक्सन अगेंष्ट हंगर नेपाललाई कोभिड—१९ महामारीले पारेको असरलाई न्यूनीकरण गर्न देखाएको अग्रसरता तथा तदारुकताको लागी स्वास्थ्य सेवा विभागको तर्फबाट कृतज्ञता व्यक्त गरे र साथै हस्तान्तरित मास्कहरूको माग र आवश्यकता अनुरुप प्रयोगमा ल्याइने आश्वासन पनि दिए ।

सन् १९७९ मा स्थापित, एक्सन अगेंष्ट हंगर एक अन्तराष्ट्रिय गैर सरकारी संस्था हो जुन संसारभर भोक विरुद्ध लडिरहेको छ । यस संस्थाको मुलभूत उद्देश्य भनेको विशेष गरी द्वन्द्व वा प्राकृतिक प्रकोपद्वारा सृजित आपतकालीन अवस्था वा सो पश्चात कुपोषणको रोकथाम, पहिचान र उपचार गरी भोकलाई निर्मुल पार्दै जीवन रक्षा गर्नु हो ।

आज, विश्वमा एक्सन अगेंष्ट हंगर भोक विरुद्धको अभियानमा एक मुख्य संस्थाको रुपमा चिनिन्छ । अन्तर्राष्ट्रिय संजालमा सृजित यस संस्थाले विश्वका करिब ५० राष्ट्रहरुमा समन्वयात्मक प्रतिक्रिया गर्दै आएको छ । यस संस्थाका प्राथमिकता भनेको प्रभावकारी कार्य मार्फत पिडित जनसंख्यालाई सेवा पुर्‍याउनु हो । भोकका विभिन्न कारणहरु हुनेहँदा, यस संस्थाले आफ्नो विशेष दक्षताका साथ बहु—क्षेत्रीय प्रतिक्रिया गर्दछ ।

एक्सन अगेंष्ट हंगर नेपालमा सन् २००५ देखि विभिन्न चार क्षेत्रहरु — पोषण तथा स्वास्थ्य, खानेपानी तथा सरसफाई, मानसिक स्वास्थ्य तथा हेरचाह र खाद्य सुरक्षा तथा जीविकोपार्जन क्षेत्रहरुमा रहेर देशका विभिन्न जिल्लाहरुमा आफ्नो कार्य गर्दै आइरहेको छ ।

नेपालको लागि काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस संस्थाले देशको अति नै विकट जिल्लाहरु हुम्ला र मुगुबाट आफ्नो कार्य शुरु गर्दै हालसम्म भक्तपुर, बझांग, कंचनपुर, ललितपुर, मकवानपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, नुवाकोट, रसुवा, रामेछाप, रौतहट र सप्तरीमा कार्य गरिसकेको छ । हाल यस संस्थाले नवलपरासी पश्चिम, नवलपरासी पूर्व, नुवाकोट र रसुवा जिल्लाहरुमा आफ्ना कार्यहरुलाई निरन्तरता दिइराखेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ५ : ०८ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित