विप्लव नेकपाका नेता सापकोटा फेरि पक्राउ, नुवाकोटबाट काभ्रे पठाइयो « Khabarhub

विप्लव नेकपाका नेता सापकोटा फेरि पक्राउ, नुवाकोटबाट काभ्रे पठाइयो


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् ।

बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मङ्गलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो ।

मङ्सिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएको विप्लव समूहका नेता शर्माले मदानपुरको स्काभेक्टर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो ।

चितवनको रत्ननगरका शर्मालाई गत वैशाख २३ मा त्यहाँको प्रहरीले उपचारका क्रममा अस्पतालबाटै पक्राउ गरेको थियो । भदौ २३ गतेसम्म पुर्पक्षका लागि थुनामा रहेको समयमा भदौ ७ मा मदानपुरमा स्काभेक्टर आगजनीमा संलग्नता रहेको दाबी विश्वासिलो नभएको आधारमा शर्मालाई साधारण तारिखमा छाड्ने आदेश भएको थियो ।

साधारण तारिखमा छुटेलगत्तै अदालत परिसरबाटै पक्राउ परेका शर्मालाई गए राति नै काभ्रे पठाइएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार शर्मालाई काभ्रेमा सङ्गठित अपराध, एनसेल टावर आगजनीलगायतको अभियोग छ ।

गत वैशाख २३ मा चितवनबाट पक्राउ परेका शर्मा भदौ २३ मा त्यहाँबाट छुटेलगत्तै पक्राउ गरेर धनुषा, सुनसरी, भोजपुर, सङ्खुवासभा, मोरङ, काठमाडौँ, ललितपुर हुँदै नवौँ जिल्लाको रूपमा नुवाकोट ल्याइएको थियो । आफूलाई लगाइएको अभियोग कहीँ पनि पुष्टि गर्ने आधार नभएकाले राजनीतिक पूर्वाग्रहीका रूपमा राज्यले झुटा मुद्दा लगाई फसाउन खोजेको उनको प्रतिक्रिया छ ।

नेत्रविक्रम चन्दको समूह पछिल्लो समयमा हिंसात्मक र ध्वंशात्मक गतिविधिमा संलग्न हुन थालेसँगै राज्य संयन्त्रबाट विभिन्न बहानामा धरकपड, पक्राउसहित राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ९ : ३५ बजे

प्रचण्डसँग असन्तुष्ट वामदेव, फिर्ता गरिदिए बर्दिया १ को टिकट

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर

हिउँदको कठ्याङ्ग्रिने चिसो : भोटेकोसीमा राफ्टिङको साहस (तस्बिरहरू)

काठमाडौं– सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रस्थित तल्लो भोटेकोसी (सुनकोसी)

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री

प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’

काठमाडौं- पूर्वपर्यटन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवादी पार्टी कायम

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई