मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर « Khabarhub

मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर



क्वालालम्पुर– मलेसिया सरकारले अबैधानिक रुपमा बसेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका प्रधान गरेको छ । मलेसिया सरकारले त्यहाँ रहेका अबैधानिक कामदारहरुको व्यवस्थापनको लागि रिक्यालीब्रेसन कार्यक्रम घोषणा गरेको छ ।

यस कार्यक्रम अन्तर्गत दुई वटा अवसर रहेको जनाउदै मलेसियास्थित नेपाली दूतावासले पहिलो मलेसियामै वैधानिक रुपले काम गर्ने प्रक्रिया गर्ने र दोश्रो सहुलियत दरको जरिवाना तिरेर मुलुक फर्किने रहेको जनाएको छ ।

मलेसियामा कार्यरत नेपाली अबैधानिक (इलिगल) नेपाली कामदारहरुको लागि एक भिडियो सन्देश जारी गर्दै दूतावासले मलेसिया सरकारले दिएको समय सिमाभित्र स्वदेश फर्किन वा बैधानिक तरवरले मलेसियामै काम गर्न वातावरण मिलाउन नेपालीहरुलाई अनुरोध गरेको छ ।

सहुलियत दरको जरिवाना तिरी स्वदेश फर्किने नेपाली कामदारहरुले मलेसियाको अध्यागमन बिभागमा गई पाँच सय रिंगेट तिरेर चेक आउट मेमो लिनु पर्ने दूतावासले जनाएको छ ।

यसका लागि राहदानी वा ट्राभल डकुमेन्ट र नेपाल फर्किने टिकट हुनु पर्नेछ । यस अनुसार नेपाल फर्कनको लागि त्यहाँको अध्यागमन बिभागबाट चेक आउट मेमो लिनु पर्नेछ ।

सोको लागि अध्यागमन बिभागले बनाएको अनलाइन प्रणाली मार्फत सेवा लिन अग्रिम समय लिनुपर्नेछ । अनलाइन अपोईन्मेन्टबाट यी सम्पूर्ण कामहरु गर्न सकिने दूतावासले जनाएको छ ।

प्रक्रिया सुरु भैसकेकोले आजैबाट सहभागी हुन् दूतावासले अबैधानिक रुपा बसेका नेपालीलाई अनुरोध गरेको छ । मलेसियाले ल्याएको यो कार्यक्रमबाट त्यहाँ अवैध रुपमा बसिरहेका हजारौं नेपाली लाभान्वित हुनेछन । मलेसिया यसघि २०१९ मा पनि ब्याक फर गुड भन्ने कार्यक्रम ल्याएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ३६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा