दोस्रो पटक पार्टी एकता गर्दै साझा र विवेकशील, विगतको कमजोरी सच्याउने सहमति | Khabarhub Khabarhub

दोस्रो पटक पार्टी एकता गर्दै साझा र विवेकशील, विगतको कमजोरी सच्याउने सहमति


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील नेपाली दल र साझा पार्टीबीच फेरि पार्टी एकता हुने भएको छ । आज दिउँसो ३ बजे एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुनेछ ।

सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी दुईदलबीच एकीकरण हुने भएको हो ।

एकता भएको २३ महिनापछि फेरि जोडिन लागेका यी दुई दलले विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी एकतामा जुटेको बताएका छन् । एकीकृत पार्टीमा दुवै दलबाट बराबर सहभागिता रहनेगरी व्यवस्था मिलाइएको छ ।

पार्टी एकताका लागि दिउँसो ३ बजे भर्चुअलमाध्यमबाट एकीकरण घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिएका छन् ।

यसअघि पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो ।

यी दुई पार्टीबीच एकता भएपछि पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुनेछ ।

साझा पार्टीका मिश्र पहिलो वरियताका अध्यक्ष र विवेकशीलका पाण्डे दोस्रो वरियताका संयोजक रहनेछन् । तर, दुवैसमक्ष कार्यकारी अधिकार हुने सम्झौतामा हस्ताक्षर हुँदैछ ।

सम्झौतापत्रमा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने लगायतका बुँदा उल्लेख गरिएको छ ।

तर विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जनाले एकीकरण प्रक्रियामा सहभागी नहुने बताएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ११ : ०० बजे

समयमै निर्वाचन र जेनजीका माग सम्बोधन हुने गरी संविधान संशोधन जरुरी : संयोजक प्रचण्ड

महेन्द्रनगर (धनुषा)- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल

जेन-जी आन्दोलनमा यसरी ध्वस्त पारियो कलंकी मालपोत

काठमाडौं- भदौ २३ गते १३ देखि २७ वर्ष उमेर समूहका

प्रधानमन्त्रीलाई भेटेर कलाकारहरूले भने- देश सम्हाल्न आएकी आमालाई हामी साथ दिन्छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई देशका नौ जना चर्चित कलाकारहरूले बुधबार

‘लुसिफर’को आरोप खेपिरहेका बालेनको प्रश्न : अरूलाई दोष दिन नेताहरूलाई लाज लाग्दैन ?

काठमाडौं- जेन-जी आन्दोलनका बेला सिंहदरबार र संसद् भवन जोगाउन दमकल

भारतीय राष्ट्रपति मुर्मू सवार हेलिकप्टर हिलोमा फस्यो, प्रहरीले धकेलेर निकालिदिए

केरला- भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सवार हेलिकप्टर बुधबार अवतरणपछि हिलोमा