डब्लुएचओले दियो खानपान सम्बन्धी ५ टिप्स, आजैबाट फलो गर्नुस् « Khabarhub

डब्लुएचओले दियो खानपान सम्बन्धी ५ टिप्स, आजैबाट फलो गर्नुस्


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरससफाई, स्वास्थ्य, खानपान तथा स्वच्छता मानिसको प्राथमिकता भएका कारण सुरक्षित खानपानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ५ वटा टिप्स दिएको छ ।

हेरौं ती उपयोगी टिप्स

१. सधैं स्वच्छ रहनुस् ।
खाना पकाउनुअघि तथा पकाइरहँदा पनि हात धुनुस्।
शौचालय गएपछि हात राम्रोसँग धुनुस्।
खाना बनाउने ठाउँ (किचेन), चुल्हो तथा भाँडाकुँडा राम्रोसँग सफा गर्नुस् र सेनिटाइज पनि गर्नुस्।
किचेनलाई किरा–फट्यांग्रा तथा घरपालुवा जनावरको पहुँचबाट टाढा राख्नुस्।

२. नपकाइएको खानेकुरा पकाएको खानेकुरासँग टाढा राख्नुस्।
कुखुराजन्य उत्पादन (अण्डा, मासु आदि), खसीको काँचो मासु तथा ‘सी फुड’ आदि अन्य खानेकुराभन्दा अलग राख्नुस्। यसबाट अन्य खानेकुरामा ब्याक्टेरिया सर्न सक्छ।
–काँचै खान मिल्ने खानेकुराका लागि छुट्टै भाँडाकुँडा, चक्कु तथा कटिङ बोर्ड प्रयोग गर्नुस्।
–पकाइएको खानेकुरा र काँचो खानेकुराबीच कुनै पनि किसिमको सम्पर्क वा मिसावट नहोस्।

३. खानेकुरा राम्रोसँग पकाउनुस्ः
खासगरी खसी तथा कुखुराको मासु, अण्डा, सी फुड आदि राम्रोसँग पकाएर मात्र खानुस्। निश्चितताका लागि थर्मोमिटर प्रयोग गर्न सक्नुहुन्छ। राम्रोसँग पकाउँदा खानेकुरामा भएको सुक्ष्म किटाणु नष्ट हुन्छ।
–सुप आदि झोलिलो पदार्थ कम्तिमा ७० डिग्री सेल्सियस तापक्रममा उमाल्नुस्। कुनै पनि खानेकुरा कम्तीमा यो तापक्रममा पकाएपछिमात्र खान लायक हुन्छ।
–पकाइएको खानेकुरा खाने बेलामा चिसो भएको छ भने तताएर मात्र खानुस्।

४. खानेकुरा सुरक्षित तापक्रममा राख्नुस्ः
– पकाइएको खानेकुरा कोठाको सामान्य तापक्रममा दुई घण्टाभन्दा बढी नराख्नुस्।
–तयारी खानेकुरा खासगरी चाँडै बिग्रने खानेकुरा पाँच डिग्रीभन्दा कम तापक्रममा फ्रिजमा राख्नुस्।
–खानेकुरा खानुअघि तेज आँच (६० डिग्रीभन्दा बढी तापक्रम) मा तताउनुस्।
–फ्रिजमा लामो समयसम्म खानेकुरा नराख्नुस् ।
– फ्रोजन फुड ९बरफमा जमेको खानेकुरा० लाई कोठाको सामान्य तापक्रममा पग्लिनको लागि नछोड्नुस्।

५. सफा पानी र स्वच्छ भोजन सामग्री प्रयोग गर्नुस्ः
–सफा पानीमात्र प्रयोग गर्नुस्।
–ताजा तथा पौष्टिक खाद्य सामग्रीमात्र उपभोग गर्नुस्।
–सुरक्षित प्रोसेसिङ गरिएको खानेकुरामात्र उपभोग गर्नुस्। जस्तो कि पाश्चराइज्ड दूध
–फलफूल तथा तरकारी राम्रोसँग धुनुस्।
–कुनै पनि खाद्य पदार्थ उपभोग गर्नुअघि उत्पादन तथा उपभोग मिति हेर्न नबिर्सनुस्।

बीबीसीबाट

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ८ : १४ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा