महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक छ : मन्त्री श्रेष्ठ « Khabarhub

महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक छ : मन्त्री श्रेष्ठ


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सरकारको एकल प्रयासले मात्र महिला हिंसाको अन्त्य हुन नसक्ने बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले आज लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानका उपलक्ष्यमा भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले हिंसाको अन्त्यका लागि नागरिक समाज, अन्य गैरसरकारी संस्था, समाज र व्यक्ति स्वयमको प्रयास आवश्यक रहेको स्पष्ट पारे ।

‘कोभिड– १९ को विषम परिस्थितिमासमेत महिलामाथि हुने विभिन्न प्रकृतिका हिंसा बढ्नु दुःखलाग्दो विषय हो’, उनले भने ।

सो अवसरमा नगरपालिका सङ्घका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले महिला र पुरुषमा एकअर्काको अस्तित्व स्वीकार्य नभएसम्म हिंसा कम नहुने बताए ।

एनजिओ फेडेरेसनका अध्यक्ष जीतराम लामाले महिला मात्र नभइ अहिले पुरुष पनि हिंसाको शिकार हुने गरेको जनाउँदै चेतनशील प्राणीले हिंसा गर्नै नहुने बताए ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव राधा वाग्लेले विशेषगरी सरकारी कार्यालयमा महिला र पुरुष एकै पदमा भए पनि महिला भएकै कारण समान सम्मानजनक व्यवहार नहुने गरेको दुःखेसो पोखे ।

महिला अधिकारकर्मी डा.रेनु अधिकारीले महिलामाथि हुने हिंसाको प्रभाव उनीहरुमा मात्र सीमित नहुने बताए ।

अधिवक्ता कुमारी खरेलले महिला हिंसा विरुद्ध विभिन्न कानून आए पनि त्यसको कार्यान्वयनको पाटो अझै फितलो रहेको बताए ।

फेकोफनका अध्यक्ष भारती पाठकले हिंसाविरुद्धको आवाजलाई सशक्त रुपमा एकजुट भएर बुलन्द पार्नु आवश्यक रहेको बताइन् ।

‘महिलाको ५० प्रतिशत सहभागिता र हिंसा अन्त्यका लागि फेकोफनले स्थापनाकालदेखि नै आवाज उठाउँदै आएको छ, समाजमा समानताको स्थिति नभएसम्म हामीले यो मुद्दा उठाइरहन्छौँ,’ उनले भनिन् ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ७ : ४५ बजे

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

काठमाडौं– सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन

‘हिमालयन गोल्ड’को टिजर : कर्माको रहस्यमयी लुक्स र सुनीलको डाइलग मुख्य आकर्षण

काठमाडौं – देशको सबैभन्दा ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सका हलहरूमा हिमालमा

उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले

राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

काठमाडौं– नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई

इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार