एआईजीको दरबन्दी थप्ने निर्णय कार्यान्वयन नगर्न राज्य व्यवस्था समितिको निर्देशन « Khabarhub

एआईजीको दरबन्दी थप्ने निर्णय कार्यान्वयन नगर्न राज्य व्यवस्था समितिको निर्देशन


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राज्य व्यवस्था समितिले एआईजीको दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले एआईजी दरबन्दी थप्ने मन्त्रिपरिषदको ३ गतेको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्को उक्त निर्णयसँगै एआइजीका लागि विश्वराज पोखरेल सिफारिस भइसकेको अवस्थामा समितिले सो निर्णय स्थगन गर्न निर्देशन दिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापाले समितिले गरेको निर्देशनलाई आधार मानेर अगाडि बढ्ने जवाफ दिएका थिए ।

गृहमन्त्री थापाले मन्त्रालयले ५ डीआईजीको दरबन्दी थप गर्न सिफारिस गरेको तर मन्त्रिपरिषद्को प्रशासनिक कमिटीले एक एआईजीको दरबन्दी थप गर्न भनेकाले सो बमोजिमको निर्णय गरेको बताएका थिए ।

सरकारको उक्त निर्णयको सत्तारूढ दल नेकपाकै सांसदहरू लालबाबु पण्डित, पम्फा भुसाल, झपट रावलले विरोध गरेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ३ : ४७ बजे

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौंं– पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप करिब

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौं– नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष