विभाजनको १६ महिनापछि साझा र विवेकशीलबीच फेरि एकता « Khabarhub

विभाजनको १६ महिनापछि साझा र विवेकशीलबीच फेरि एकता


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील नेपाली दल र साझा पार्टीबीच दोस्रो पटक पार्टी एकता भएको छ ।

सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहने गरी दुई दलबीच एकीकरण भएको हो । दुबै दलबाटसचिवालयमा १३/१३ जना तथा केन्द्रीय कमिटीमा ६५/६५ जना सदस्य रहेका छन् ।

एकता सम्झौतामा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन् ।

वरियतामा पहिलो रहेका मिश्र पार्टीको अध्यक्ष र दोस्रो वरियतामा रहेका पाण्डेलाई संयोजक बनाइएको छ । यी दुई पार्टीबीच २०७४ साउन ११ गते पहिलोपल्ट एकता भएको थियो।

एकता भएको २३ महिनापछि फेरि जोडिएका दुई दलले विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्ने गरी एकतामा जुटेको बताएका छन् । एकीकृत पार्टीमा दुवै दलबाट बराबर सहभागिता रहेको जनाइएको छ ।

यसअघि पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । यी दुई पार्टीबीच एकता भएपछि पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै राखिएको छ ।

सम्झौतापत्रमा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने लगायतका बुँदा उल्लेख छ ।

यस्तो छ एकीकरण घोषणापत्र

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ४ : ११ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर