देशभर २४ घण्टामा १०५६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

देशभर २४ घण्टामा १०५६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।

थप १४८३ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३० हजार ५३७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप १४ जना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६५१ पुगेको छ ।

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  प्रदेश १ को इलाममा ६, उदयपुरमा २, ओखलढुंगामा २, झापामा २५, धनकुटामा १, पाँचथरमा ४, भोजपुरमा १, मोरङमा ५५, संखुवासभामा ९, सुनसरीमा ७५ र सोलुखुम्बुमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा ५, पर्सामा १, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा २ र सिरहामा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै बागमती प्रदेशको काठमाडौंमा ४१२, काभ्रेमा १८, चितवनमा ६९, दोलखामा १०, धादिङमा १८, नुवाकोटमा १, भक्तपुरमा ६९, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा ४, ललितपुरमा १ सय १३ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशको कास्कीमा ९७, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा २४, पर्वतमा २, लमजुङमा ७, बागलुङमा ११ र स्याङजामा ७ जना कोरोना संक्रमित थपएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा १४, दाङमा १५, नलवपरासीमा ६, पाल्पामा १५, प्यूठानमा १, बर्दियामा १४, बाँकेमा ३६, रोल्पामा १ र रुपन्देहीमा ५१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै कर्णाली प्रदेशको कालिकोटमा १, रुकुम पश्चिममा ३, सल्यानमा १, सुर्खेतमा २ र हुम्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार  सुदूरपश्चिम प्रदेशको अछाममा ७, कञ्चनपुरमा २८, कैलालीमा ६२, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ८, बाजुरामा २ र बैतडीमा ३ कोरोना संक्रमित थपिएका छन् ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको विस्तृत विवरण

 

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ४ : ३२ बजे

तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

शरणार्थी र नेदरल्यान्ड्सको सद्भाव

अहिले आप्रवासीको समस्या संसारभर फैलिएको छ। यो थुप्रै देशमा थपिएका

कागतीखेतीबाट वार्षिक २० लाख आम्दानी

पथरी – सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने

दमौली – बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी

६ किलोमिटर सडक कालोपत्रे

तुलसीपुर – दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ