शिक्षक हत्याका दोषीलाई कानूनी कारवाही गर :  राष्ट्रिय मानव अधिकार आयोग « Khabarhub

शिक्षक हत्याका दोषीलाई कानूनी कारवाही गर :  राष्ट्रिय मानव अधिकार आयोग


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- राष्ट्रिय मानवअधिकार आयोगले मोरङ घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज जारी गरेको  विज्ञप्तिमा कुनै पनि व्यक्तिलाई विचार आस्था र आशङ्काका आधारमा स्वेच्छाचारीरुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न आग्रह गरेका छन् ।

आफ्ना विचारमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न पनि उनले आग्रह गरेका छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा यही मङ्सिर २३ गते भएको सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटनाका सम्बन्धमा आयोगले ध्यानाकर्षण जनाउँदै उक्त आग्रह गरेको हो ।

आयोगको प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन गरिरहेको छ । आयोगलाई प्राप्त नेपाल कम्युनिष्ट पार्टी मेची–कोशी ब्यूरोको प्रेस वक्तव्यअनुसार उक्त हत्या सोही पार्टीका कार्यकर्ताबाट भएको देखिएको पनि विज्ञप्तिमा उल्लेख छ । व्यक्ति हत्याजस्तो गम्भीर अपराधका घटनाप्रति आयोगले खेद प्रकट गरेको छ ।

नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ ।

आफ्ना राजनीतिक विचार अभिव्यक्त गर्ने, बिना हातहतियार भेला हुने, शान्तिपूर्ण प्रदर्शन गर्न पाउने तथा असहमतिलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : १६ बजे

आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैन : अर्थ मन्त्रालय

काठमाडौँ – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक

नागरिकता विधेयकमा सर्वोच्चको आदेशप्रति लोसपाको असन्तुष्टि

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयक कार्यान्वयन

यात्रीले फालेको फोहरका कारण विपी राजमार्ग दुर्गन्धित

बनेपा – राजमार्गमा यात्रारत यात्रुहरू तथा सडक छेउमा सञ्चालनमा रहको

मेचीनगरमा बढ्यो बाँदर आतङ्क

झापा – जङ्गली हात्ती आतङ्कको सामना गरिरहेका मेचीनगरवासी पछिल्लो समय

प्रहरी महानिरीक्षक कुँवर सिङ्गापुर प्रस्थान

काठमाडौँ – प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी)को