शिक्षक हत्याका दोषीलाई कानूनी कारवाही गर :  राष्ट्रिय मानव अधिकार आयोग « Khabarhub

शिक्षक हत्याका दोषीलाई कानूनी कारवाही गर :  राष्ट्रिय मानव अधिकार आयोग


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- राष्ट्रिय मानवअधिकार आयोगले मोरङ घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज जारी गरेको  विज्ञप्तिमा कुनै पनि व्यक्तिलाई विचार आस्था र आशङ्काका आधारमा स्वेच्छाचारीरुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न आग्रह गरेका छन् ।

आफ्ना विचारमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न पनि उनले आग्रह गरेका छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा यही मङ्सिर २३ गते भएको सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटनाका सम्बन्धमा आयोगले ध्यानाकर्षण जनाउँदै उक्त आग्रह गरेको हो ।

आयोगको प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन गरिरहेको छ । आयोगलाई प्राप्त नेपाल कम्युनिष्ट पार्टी मेची–कोशी ब्यूरोको प्रेस वक्तव्यअनुसार उक्त हत्या सोही पार्टीका कार्यकर्ताबाट भएको देखिएको पनि विज्ञप्तिमा उल्लेख छ । व्यक्ति हत्याजस्तो गम्भीर अपराधका घटनाप्रति आयोगले खेद प्रकट गरेको छ ।

नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ ।

आफ्ना राजनीतिक विचार अभिव्यक्त गर्ने, बिना हातहतियार भेला हुने, शान्तिपूर्ण प्रदर्शन गर्न पाउने तथा असहमतिलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : १६ बजे

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

रवि लामिछानेले चाहे दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली

काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र